Advertisement

काभ्रेपलाञ्चोकलाई काठे खम्बामुक्त जिल्ला बनाइँदै

0 705

Advertisement

३२ साउन, काभ्रे । नेपाल विद्युत् प्राधिकरणले जिल्लालाई काठे खम्बामुक्त बनाउने भएको छ । प्राधिकरणको वितरण केन्द्र बनेपास्थित कार्यालयले विद्युत्का काठका खम्बा विस्थापन गर्न बजेट मागसँगै कार्ययोजना अघि बढाएको जनाएको छ ।

विद्युत्का लागि वर्षौअघि गाडिएका काठका खम्बा जीर्ण हुँदा सेवा अवरुद्ध हुँदै दुर्घटनासमेत हुन थालेपछि ती पोललाई विस्थापन गर्न लागिएको हो । हाल प्राधिकरणको यहाँस्थित वितरण केन्द्र, बनेपा र पाँचखाल वितरण केन्द्रले काठका खम्बा विस्थापन कार्य गरिरहेका छन् ।

“काठका खम्बा विस्थापन कार्य भइरहेको छ, आ–आफ्नो सेवा क्षेत्रका बाँकी खम्बा विस्थापन गर्न छुट्टै थप बजेट माग गरेका छौँ”, काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनीयर माधवेन्द्र यादवले भन्नुभयो । उहाँका अनुसार केन्द्रअन्तर्गत आठ स्थानीय तहका विद्युत्का काठका खम्बा क्रमैसँग हटाउँदै फलामे राखिनेछ । काठका जीर्ण खम्बाका कारण विशेषगरी वर्षायाममा खम्बा भाँचिदा विद्युत् सेवा अवरुद्ध हुने र दुर्घटनासमेत हुने हुँदा काठका खम्बा विस्थापनमा योजनाबद्ध रुपमा लागेको यादवले बताउनुभयो ।

उहाँका अनुसार आठ स्थानीय तहमा करिब पाँच हजार काठका खम्बा विस्थापन गर्नुपर्छ । “वर्षौँअघि विद्युतीकरणका बेला विशेषगरी ग्रामीण भेगमा अधिकांश स्थानमा काठका खम्बा गाडिएका छन्, अहिले स्थानीय सेवाग्राही नै काठका पोल विस्थापन गर्नुप¥यो भन्दै निवेदन लिएर आउन थालेका छन्”, यादवले भन्नुभयो । प्राधिकरणको काभ्रेपलाञ्चोक शाखाले गत आर्थिक वर्षमा करिब तीन हजार काठका खम्बा विस्थापन गरिसकेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.