Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दुई हजार ५६६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

0 174

३२ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ५१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४५८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३२७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ५८ हजार ३३५ जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ३७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९५ जना सघन कक्षमा र १९७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.