कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै हितेन्द्रदेव शाक्य पुगे सर्वोच्चमा
३२ श्रावण, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहालीको माग गर्दै सर्वोच्चमा पुग्नु भएको छ । उहाँले सोमबार विद्युत प्राधिकरणमै पुनर्वहाली गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
सर्वोच्च अदालतका अनुसार शाक्यले कुलमान घिसिङको नियुक्ति बदर हुनुपर्ने र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई नै कायम गर्न अन्तरिम आदेशको माग गर्नु भएको छ ।
उहाँले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रिटमा उल्लेख गर्नुभएको छ । कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन् गरेको उहाँले निवेदनमा दावी गर्नुभएको छ ।