Advertisement

महामारीबीच बैंकहरुको खुद नाफा २०% बढ्यो, यस्तो छ अवस्था

0 589

Advertisement

३२ श्रावण, काठमाण्डौं । कोरोना भाइरस संक्रमणका बीच वाणिज्य बैंकहरुको खुद नाफामा २०.०२ प्रतिशतको बढोत्तरी देखिएको छ । वाणिज्य बैंकमध्ये हालसम्म १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कुमारी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया लगायत १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

गत आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुले ६३ अर्ब ३७ करोड ३८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड ६ लाख २३ हजार रुपैयाँ आर्जन गरेका थिए । समीक्षा अवधिमा बैंकहरुले १० अर्ब ५७ करोड ३२ लाख २३ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेका हुन् ।

यस अवधिमा पाँच वाणिज्य बैंकको नाफा भने अघिल्लो आव २०७६।७७ भन्दा गत आव २०७७/७८ मा घटेको छ । यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टड, नेपाल एसबिआई बैंक, र एभरेष्ट बैंकको नाफा घटेको छ । गत आवमा नेपाल एसबिआई बैंकको खुद नाफा सबैभन्दा धेरै ३७.७४ प्रतिशत (५८ करोड २३ लाख रुपैयाँ) ले घटेर ९६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ भने सबैभन्दा कम घटेको सेञ्चुरी बैंकको ६.७७ प्रतिशत (५ करोड ४५ लाख रुपैयाँ) ले घटेर ७५ करोड ३६ हजारमा सीमित भएको छ ।

गत आवमा पाँच वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा धेरैले खुद नाफा वृद्धि गरेका छन् । यस अवधिमा नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतभन्दा धेरैले नाफा बढाएका छन् ।

नेपाल बंगलादेश बैंकले सबैभन्दा धेरै ८४.१७ प्रतिशत (१ अर्ब ४ करोड ७७ लाख रुपैयाँ) ले बढेर २ अर्ब २९ करोड नाफा आर्जन गरेको छ भने पाँचौं ठूलो नाफा बढाएको नेपाल इन्भेष्टमेन्ट बैंकले ५०.६९ प्रतिशत (१ अर्ब २२ करोड ८३ लाख रुपैयाँ) ले नाफा बढाएर ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस अवधिमा मेगा, प्राइम, ग्लोबल आइएमई, सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक र नबिल बैंकले ३० देखि ४५ प्रतिशतसम्म नाफा बढाएका छन् भने माछापुच्छ्रे, सानिमा, हिमालयन, एनसीसी, कृषि विकास बैंक, सनराइज बैंकको नाफा १० देखि ३० प्रतिशत बीचमा बढेको छ । यस अवधिमा लक्ष्मी, बैंक अफ काठमाण्डू, एनआईसी एशिया बैंक, र सिभिल बैंकको नाफा सामान्य बढेको छ ।

गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ५० करोड खुद नाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब १२ करोड बढी खुद नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, र नेपाल बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

अन्य आठ वाणिज्य बैंकहरु हिमालयन, सिद्धार्थ, एनएमबि, मेगा, नेपाल बंगलादेश, सानिमा, प्रभु बैंक र कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । एभरेष्ट, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाण्डू, सनराइज, स्ट्याण्डर्ड चार्टड, र एनसीसी बैंकले २ अर्बभन्दा कम १ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

गत आर्थिक वर्षमा तीन वाणिज्य बैंकहरु नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा १ अर्बभन्दा कम नाफा कमाएका छन् । जबकी गत आवमा ६ बैंकले १ अर्बभन्दा धेरैले आफ्नो खुद नाफा बढाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, एनएमबि बैंक, र प्राइम कमर्सियल बैंक गरी ६ बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा १ अर्बभन्दा धेरैले बढेको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.