Advertisement

राष्ट्रपति भवन छिरेर थकाइ मारे तालिवानले, अफगान युद्ध सकिएकाे घाेषणा (फोटोफिचर)

0 1,344

Advertisement

३२ श्रावण, एजेन्सी । तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो ।

वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ गानीले देश छाडेपछि गानी देश छाडेर विदेश भागेका थिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति कार्यालयमा छिरेका हुन् ।

राष्ट्रपति कार्यालय छिरेपछि तालिवानले २० वर्षे लामो यात्रको थकाइ मारेका छन् । उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । योसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।

सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिवान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो । त्यो कारबाहीबाट तालिवान विस्थापित गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.