Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिंगापुरको सपना बेचेर ५ सय युवाबाट झण्डै ३० करोड ठगी, ठग खोज्दै प्रहरी (भिडियो)

0 249

३२ साउन, काठमाडौं । उडाउने सपना देखाउनेहरुको न यो देशमा कहिल्यै कमि हुने भयो नत सपनामा बेचिने युवाहरुको नै । विश्वासिलो वातावरण बनाएर र ठग्नका लागि सबै तारतम्य मिलाएर यसरी जाल हानिन्छ कि ठगिनेहरु जालमा पर्दैछु भन्ने कहिंकतै शंका गर्ने ठाउँसम्म पनि पाउँदैनन । त्यसमाथि ठगिनेहरु बढी शिक्षित र टाठाबाठा नै बढी छन भने ठग्नेहरुलाई कुनै कारवाही हुन नसक्दा घटना हरेक दिन बढ्दो छ । विदेश पठाइदिने भन्दै हरेक बर्ष वैदेशिक रोगजार विभागमा उजुरीको चाङ नै लाग्ने गर्छ । तर ठग्नेहरुमाथि कारवाही र ठगिएकाहरुको रकम भरपाईको घटना कमै सुन्न पाइन्छ । अब त म्यानपावर कम्पनीहरुमात्र नभई अन्य विभिन्न नाममा खुलेका संस्थाहरु पनि यही ठगी धन्दामा अग्रसर भएका छन् ।

पछिल्लो ६ बर्षमा नेपालमा नौ हजार बढी युवाहरु ठगिदा उनीहरुले पाँच अर्ब बढी रकम गुमाएका छन् । मुलुकका लागि रेमिट्यान्स मनग्ये पठाउने वैदेशिक रोजगारीका क्षेत्र सरकारका लागि सुनको फूल पार्ने कुखुरी नै बनेपनि यस्लाई व्यवस्थित र मर्यादित बनाउन नसक्दा यो क्षेत्र बदनाम पनि उत्तिकै बन्दै आएको छ । यही क्रममा सिंगापुर उडाइदिने नाममा ५ सय बढी युवाहरुबाट २८ देखि ३० करोडसम्म ठगेर एक व्यक्ति बेपत्ता भएका छन् ।

सिंगापुरमा बिभिन्न क्षेत्रमा राम्रो काम लगाइदिने आश्वासन दिएर काठमाडौंकोे समृद्धि अवोर्ड प्रालिका सञ्चालक धादिङका सञ्जीव रायमाझी उर्फ रमेश वयलकोटी ५ सय बढी युवाहरुबाट १ देखि ९ लाखसम्म उठाएर फरार भएका छन् । बयलकोटी वेपत्ता भएपछि ठगिएका युवाहरु बिभिन्न निकाय धाउँदै हारगुहार गर्न थालेका छन् । धेरै युवाहरु गाउँठाउँमा नै भएकोले म्यानपावर कम्पनी भागेको र आफुहरु ठगिएकोबारेमा अझै जानकारी पाउन सकेका छैनन् । ठग्ने म्यानपावरका सञ्चालक बयलकोटीकोबारेमा ठगीमा परेका युवाहरुले सरोकारवाला निकाय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग समेत उजुरी दिएका छन् ।

कल्पनाको शयर…

धेरैले कल्पनाको शयर सुरु गरिसकेका थिए । सिंगापुर पुग्ने र टन्न कमाउने । उनीहरुको कल्पनामा उनीहरुका परिवारको सुखशान्ति र हाँसोखुसी समेत जोडिसकिएको थियो । तर कल्पना आखिर कल्पना नै हो । यस्तै भयो ती युवाहरुका लागि पनि । अहिले उनीहरु सपनाबाट व्युँतएिको अवस्थामा छन् ।

५ सय बढी युवाहरुको अहिले ओठ र तालु सुकेको छ । उनीहरु रातोदिन रमेश बयलकोटीको खोजीमा छन् । जस्ले उनीहरुलाई सिंगापुरको सुन्दर सपना सजाउन विवश तुल्याएका थिए । फसेका धेरै युवाहरु अब रकममात्र भएपनि फिर्ता गरिदिए हुन्थ्यो भन्ने अवस्थामा पुगेका छन् ।

हरेक भेटमा चिप्लो कुरा

विगत ६ महिनादेखि युवाहरुलाई बयलकोटीले लठ्याउँदै आएका थिए । उनीहरुलाई एकपछि अर्को गर्दै झुठो आश्वासन दिएर बयलकोटीले मन्त्रमुग्ध पारेका थिए । जस्ले गर्दा हरेक भेटमा उनीहरु बयलकोटीको भ्रमको जालोमा बेरिन पुगेका थिए ।

प्रत्येकबाट १ लाखदेखि ९ लाखसम्म ठगियो

धादिङ पण्डित पौवाका बयलकोटीले तत्काल दिनसक्नेहरुबाट १ लाखदेखि ९ लाखसम्म उठाए । सिंगापुर उडाउने मिति पनि उनले फरक फरक तोक्दै आए । गाँउमा नै काठ काण्डदेखि बिभिन्न काण्डमा मुछिएका बयलकोटी कराते खेलाडी समेत हुन् । उनका परिवारको अधिकांश सदस्य बिभिन्न फौजदारी अभियोगमा मुछिएका समेत छन् । बयलकोटीको बारेमा पछिल्लो समय प्रहरीले खोजी कार्य समेत तीब्र पारेपनि फेला पार्न नसक्दा फसेका पीडितहरु निराश बन्न थालेका छन् ।

उद्दार गरिदिन ठगिएका युवाहरुको पुकार

ठगिएकाहरु न्यूज २४ टेलिभिजनको कार्यालयमा आएर आफुहरुको उद्दार गरिदिन आग्रह गरेका छन् । आफुहरुले विश्वासमा पर्दा ठूलो रकम गुमाएको र यो रकम चुक्ता गर्न पनि आफुहरुलाई अब हम्मे हम्मे पर्ने भनाइ उनीहरुको थियो ।

ठगी गरेर फरार रहेको भनिएका रमेश बयलकोटी केही दिन अघिसम्म धादिङको थाक्रेमा धुम्दै हिडेको देख्नेहरु पनि नभएका होइनन् । तर उनी पक्राउ पर्न नसकेको दावी प्रहरीले गर्दै आएको छ ।

S: News24nepal



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.