Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनको भाउ एक हजार रुपैयाँले बढ्यो, चाँदी पनि उकालो लाग्दै

0 262

३१ साउन, काठमाडाैँ । सुनको बजार भाउ आइतबार एकैदिन एक हजार रुपैयाँले महङ्गिएको छ । सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २०५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा खरिद बिक्री हुँदा चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै नेपाल बजारमा पनि मूल्य वृद्धि गरिएको महासंघले जनाएको छ । नेपालमा आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.