Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ब्रुनोको ह्याट्रिक र पोग्बाको ४ असिस्टमा म्यानचेस्टर युनाइटेडकाे सानदार जित

0 178

३१ साउन, एजेन्सी । इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लड्स युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरलाई सानदार जित निकाल्नको लागि पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको ह्याट्रिक गरे भने फ्रान्सेली मिडफिल्डर पल पोग्बाको चार असिस्टमा गरे ।

युनाइटेडको जितमा थप गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो । लिड्सका लुके एयलिङले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा समर्थक माझ खेलाइएको खेलमा युनाइटेडले गोलको लागि पहिलो हाफको ३० मिनेटको समय नै कुुर्नु परेको थियो ।

३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । ब्रुनोको प्रहार गोलरक्षक इभान मेलिएरलाई लागेपनि गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले स्टुआर्ट डालासको पासमा गोल गरेका थिए । लिड्सको बराबरी गोलपछि ९ मिनेटको अन्तरमा तीन गोल गरेपछि युनाइटेडले खेलमा ४-१ को आरामदायी अग्रता लिन सफल भयो । ५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई पुनः २-१ को अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा युनाइटेडले खेलमा ३–१ को अग्रता लियो । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले भिक्टर लिन्डेलफको पासमा गोल गरेका थिए ।

नयाँ सिजनमा ब्रुनोको ह्याट्रिक पहिलो ह्याट्रिक बन्यो । युनाइटेड यतिकै रोकिएन । ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए । यही खेलबाट यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट युनाइटेड आएका इंग्लिस मिडफिल्डर जेडान सान्चोले प्रिमियर लिगमा डेब्यु गरे । उनले ७५औं मिनेटमा ड्यानियल जेम्सलाई प्रतिस्थापन गरे । जितपछि युनाइटेडले ३ अंक जोडेको छ । हारसँगै लिड्स अंकविहीन बन्यो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.