Advertisement

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड

0 939

Advertisement

३० साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।

आ.व. २०७७÷७८ को बैंकको खुद ब्याज आम्दानी रु. ८ अर्ब २४ करोड (गत वर्ष रु. ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी रु. ९ अर्ब ७६ करोड (गत वर्ष रु. १० अर्ब ७० करोड), संचालन नाफा रु. ५ अर्ब ९ करोड (गत वर्ष रु. ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी ) रु. ६ अर्ब ३७ करोड (गत वर्ष रु. २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा रु. ४ अर्ब ५२ करोड (गत वर्ष रु.४४ करोड ७७ लाख) रहेको छ । यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

२०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट रु. १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७÷७८ मा बैैंंकको शेयरधनी कोष रु. ७ अर्ब १५ करोडले वृद्धि भई रु. ३० अर्ब १८ करोड र कुल सम्पत्ति रु.४४ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब १० अर्ब पुगेको छ ।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ९ऋऋम् च्बतष्य० ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.४१.३२ रहेको छ ।

आ.व.२०७७÷७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.