Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शान्ति वाटिकामा नायव बहादुर शाहको सालिक अनावरण सम्पन्न

0 785

लक्ष्मण फुयाल

३० साउन, काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ०७ दक्षिणढोकामा अवस्थित शान्ति वाटिकामा नायव बहादुर शाहको सालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

दक्षिणढोकामा स्थित शान्ति वाटिकामा आज बिहान भएको एक कार्यक्रमका विच सालिकको अनावरण भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका भैतिक तथा पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सालिकको अनावरण गर्नुभएको थियो ।

शान्ति वाटिकामा रहेको पार्क तथा सालिका निर्माणको कार्यमा बाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्थापना भएको बहादुर शाह सालिक स्थापना तथा संरक्षण समितिका अध्यक्ष तथा सामाजिक अभियन्ता नानीकाजी गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार पार्क निर्माण गर्न स्थानीय व्यक्त्तिहरुको साथै स्थानीय निकायहरुले समेत सहयोग गर्नुभएको छ ।

आज भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे उपमेयर शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नम्वर ०७का अध्यक्ष केशव गुरुङ, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ०६का अध्यक्ष प्रकास फुयाल, मानव अधिकार तथा शान्ति समाजका सल्लहाकार उत्तम पुडासैनी साथै गोकर्णेश्वर नगरपालिका वडा नम्वर ०७ का सदस्यहरु तथा आयोजक समितीका सदस्यहरु तथा स्थानीय व्यक्त्तिहरुको उल्लेख रुपमा उपस्थित भएको थियो ।

कार्यक्रममा सालिक निर्माण गर्न बफलमा रहेको तुलाधर हस्तकलाका कालिगण्ड राजु तुलाधरलाई सम्मान गरिएको थियो । तुलाधरले यो सालिक बनाएका थिए ।

कार्यक्रममा ७० जना व्यक्त्तिहरु रहेका थिए । कार्यक्रममा कोरोना महामारीको कारण सामाजिक दुरी कायम तथा स्वास्थ्य मापदण्ड अनुसार सञ्चालन गरेको आयोजकले जनाकारि दिनुभयो ।

नायव बहादुर शाहको सालिक अनावरण प्रमुख अतिथी बागमती भैतिक तथा पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले गर्नु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री फुयालले आजको दिन यो नेपालको इतिहासमा पनि एक जना अन्यायमा परिरहेको देशभक्तलाइ सम्झिएको सार्थक दिनको रुपमा स्थापित हुनेछ, यो ऐतिहासिक  दिन रहेको बताउदै उनले नायव बहादुर शाहको नेपालमा गरेको योगदानाबारे उल्लेख गर्दै उनलाई सम्मान स्वरुप यो कार्य सम्पन्न गरेको बताउनुभयो । उनको प्रसंसा गर्दे बुवा पृथ्वी नारायण शाहले सुरु गरेको एकीकरणमा साथ दिदै उनले नेपालको एकीकरण विशेष योगदान गर्नु भएको यस्तो ऐतिहासिक  व्यक्त्तिको सालिक नेपालमा नरहेको यो पहिलो भएको मन्त्री फुयालले बताउनुभयो ।

असहाय गाई बाछा संरक्षण अभियानको गोठमा मन्त्री फुुयालको श्रमदान

काठमाडौं कागेश्वरी मनोहरा नगरपालकिका गोठाटार स्थित पशुपतिविकास कोषमा अस्थित असहाय गाई बाछा संरक्षण अभियानको गोठमा बागमती भैतिक तथा पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले श्रमदान गर्नुभएको छ ।

फुयालले श्रम सहभागिता, बृक्षारोपन तथा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्त्तोलन कार्य गर्नु भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.