Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रेडक्रसद्वारा बाढीपहिरापीडितलाई साढे चार लाख सहयोग

0 255

३० साउन, लमजुङ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले यहाँका बाढीपहिरापीडितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ । सो कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका–८ स्थित हिलेबजारका २४ घरधुरी र खिन्चोकबेँसीका छ घरधुरी गरी ३० घरधुरीलाई आज उक्त रकम सहयोग गरेको हो ।

दोर्दीका अध्यक्ष ओमलाल गुरुङ, सोही वडाका वडाध्यक्ष तुलबहादुर गुरुङ, रेडक्रस गण्डकी प्रदेशका कोषाध्यक्ष नारायण घिमिरे, जिल्ला सभापति दीपक बराललगायतले प्रतिपीडित परिवार रु १५ हजारका दरले हस्तारन्तरण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बरालले यहाँका बाढीपहिरापीडितका लागि आवास पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षाले आर्थिक सहयोग गरेको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.