Advertisement

गोकर्णेश्वर नगरपालिकामा सिकाइ सहजीकरण पुस्तिका बिमोचन एबम वितरण कार्यक्रम सम्पन्न

0 775

Advertisement

सरोज राई

२९ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सिकाइ सहजीकरण पुस्तिका बिमोचन एबम वितरण कार्यक्रम सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद शाखाको आयोजनामा बिहिबार पिस ब्यांकेट जोरपाटीमा एक कार्यक्रमका बीच पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथि रहेका थिए ।

नगरपालिकाले कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न, विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनको सहज अवस्था सृजना गरी दूर तथा खुला शिक्षा लगायत वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्न पुस्तिका तयार पारेको आयोजकले जानकारी दिनभुयो ।

वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट विद्यालय जाने उमेरका सबै बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्ने उद्धेय सहित कक्षा एक देखि आठ कक्षा सम्मको लागि सिकाइ सहजीकरण हुनेछ ।

नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा बिशेष अतिथिको उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्य नगर प्रवक्ता मनोज कुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडा अध्यक्षहरु, सहित बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

पुस्तक बिमोचन गर्दै पूर्व संचारमन्त्रि मोहन बहादुर बस्नेतले सिकाइ सहजीकरण पुस्तक तयार पारेकोमा खुसि ब्यक्त गरेका थिए।गोकर्णेश्वर नगरपालिका टिमले एकजुट भई काम गर्दै आएको र सफलता संगै मुलुककै सर्बोत्कृष्ट नगरपालिकाको पहिचान बनाउन सफल भएको हुँदा निकट भबिस्यमा पनि कायम रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा सिकाइ सहजीकरण पुस्तक तयार पार्न सहयोग गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु राख्न बिभिन्न बैकल्पिक माध्यम प्रयोग गरि सिकाइ क्रियाकलाप भइरहेको र त्यसलाई थप सहज बनाउनको लागि सिकाइ सहजीकरण पुस्तिका निर्माण गरिएको जानकारी दिनुभयो ।

साथै कार्यक्रममा उनले फोहोर मैला ब्यबस्थापनमा आधुनिक मेसिन छिट्टै संचालनमा ल्याउन लागेको जानकारी गराएका थिए । उनले नगरमा ,डिजिटल डाटा सफ्टवेयर ,नगरपालिकाका ९ वटै वडा कार्यलयहरुको निर्माण,विभिन्न बाटोघाटो निर्माण लगाएतका बिकास निर्माणका कामहरुले गति लिएको बताएका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.