Advertisement

स्वास्थ्य मापदण्ड पालना गर्दै नागपूजा

0 541

Advertisement

२९ साउन, काठमाडौं । नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिनुभयो । कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो ।

पोखरी बन्द गरेपछि पनि भक्तजनले बाहिरबाटै दर्शन गर्नेक्रम भने जारी छ । यसैगरी कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको भीड लागेको हो । बिहान नित्यपूजापछि केहीबेर बन्द गरिएको टौदह फेरि भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिनुभयो ।

टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा विसं २०७० पछि बन्द भएको थियो । विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उहाँले सुनाउनुभयो ।

टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । विगतवर्षमा जस्तो भक्तजन टौदहमा नआएको समाजका अध्यक्ष जयराम कार्कीले जानकारी दिनुभयो । आएका भक्तजनलाई भने पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.