Advertisement

प्रभु बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

0 351

Advertisement

९ साउन, काठमाडौं । प्रभु बैंकको संस्थापक तर्फको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । बैंकले साउन १५ गतेदेखि २९ गतेसम्मका लागि प्रतिकित्ता न्यूनतम मूल्य रू. २१० तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो ।

बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार विहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी , काठमाडौंमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.