Advertisement

टेनिस खेलाडी छनोट

0 653

Advertisement

२९ साउन, काठमाडौं । आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनका लागि नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका छन् ।


नेपाल टेनिस संघले आयोजना गरेको छनोटबाट पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्शिल श्रेष्ठ छनोट भएको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । महिलामा शिभाली गुरुङ र मान्सा कँडेल छानिए ।


सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पाकिस्तानको इस्लामाबादमा हुने उक्त प्रतियोगिता दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता हो ।

यस प्रतियोगिताबाट पुरुष÷महिलामा समान २–२ राष्ट्रले काजाकस्तानमा नोभेम्बर २२ तारिखदेखि हुने प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्ने छन् । पाकिस्तानमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी हुने छन् ।


प्रतियोगितामा सहभागी हुन नेपाली टोली सेप्टेम्बर ११ मा इस्लामाबाद पुग्ने तालिका रहेको कार्यालय सचिव देवकोटाले जानकारी गराए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.