Advertisement

आज नागपञ्चमी घरघरमा नागका चित्र टाँसिँदै

0 835

Advertisement

२९ साउन, काठमाडाैँ । काठमाडौँ ,नागको पूजा गरिने पर्व नागपञ्चमी आज शुक्रबार मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ ।

त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ ।

घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमी किन र कसरी मनाउन सुरु भयो भन्नेबारे विभिन्न किंवदन्ती प्रचलित छन् । नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.