Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

0 242

२९ साउन, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताउनुभएको हो ।

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताउनुभएको हो ।

समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर साउद, सामाजिक÷राजनीतिक पत्रकारितामा गोविन्द मरासिनी, कार्टुन पत्रकारितामा विरोचन मल्ल ठकुरी र फोटो पत्रकारितामा चन्द्रबहादुर आलेलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई रु १० हजारसहितको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको होे ।

उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका महासचिव आचार्यको भनाइ छ । पुरस्कार छनोटका लागि छवटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त पुरस्कार आगामी असोज १ गते हुने एशोसियट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रदान गरिने महासचिव आचार्यले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.