Advertisement

प्रदुषण र माैसम परिवर्तनका कारण नाक बन्द र घाँटी दुख्ने समस्या छ ? घरमै गर्नुस् उपचार

0 950

Advertisement

२९ श्रावण, काााठमाडाैं । मौसमको परिवर्तनसँगै नाक र घाँटीको समस्या पनि सुरु हुन्छ। यस्तो अवस्थामा, धेरै व्यक्ति डाक्टरकहाँ पनि जाँदैनन् । यस्तोमा उनीहरू घरमै पेनकिलरको सेवन गर्छन् तर बारम्बार सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुँदैन ।

यसले तपाईंको प्रतिरक्षालाई असर गर्दछ, त्यसैले तपाईंले यी साना समस्याहरूको घरेलु उपचार लिनुपर्दछ। आउनुहोस्, घरेलू उपचारको बारेमा जानकारी लिनुहोस् ।

मरिच र मह सेवन गर्नु

मरिच र महको मिश्रणले नाक र घाँटीको समस्याबाट बच्न सकिनेछ । यसका साथै बर्षा र प्रदुषणका कारण पनि हुने स्वास्थ्य समस्यामा यसले काम गर्छ ।

एक चम्चा महमा २ देखि ३ चुट्की पिसेको धूलो कालो मरिच मिसाउनुहोस् र राती सुत्नु अघि सेवन गर्नुहोस्। याद राख्नुहोस् कि एकै पटकमा सेवन गर्नुभन्र्दा यसलाई बिस्तारै चाट्दा पनि बढी लाभ मिल्ने बताइन्छ । यदि समस्या अधिक छ भने, दिनको दुई पटकसम्म यसको सेवन गर्न सक्नुहुन्छ ।

तातो र झोलिलो पदार्थ पिउनुहोस्

नाक बन्द र घाँटीको दुखाई समस्याबाट बच्न, न्यानो झोलिलो पदार्थ पिउनुहोस्। मनतातो पानी पिउनुहोस् । अदुवा चिया, कालो चिया, ग्रीन टि र काँढा जस्ता चिजको सेवन गर्नाले प्रदूषण र मौसम परिवर्तन मौसम परिवर्तनको प्रभावबाट बच्न सकिनेछ ।

बाफ लिनुहोस्

भिसको माध्यमबाट बन्द रहेको नाक खोल्नु सबैभन्दा सजिलो तरिका हो । घाँटीमा लगाउदा पनि यसले आराम दिन्छ । तपाई बन्द रहेको नाक र घाँटी दुखाईको समस्याबाट मुक्ति पाउन चाहानु हुन्छ भने तातो पानीमा भिस राखेर वाफ लिन सक्नुहुन्छ ।

खानामा लसुन समावेश गर्नुहोस्

वर्षा मौसममा खानामा लसुन प्रयोग गर्नुहोस् । यदि सम्भव भएमा काचो लसुन चपाएर खानुहोस् ।

यदि तपाई काँचो लसुन चपाएर खान सक्नुहुन्न भने दाल वा तरकारीमा लसुनको प्रयोग जरुर गर्नुहोस् । लसुनको अचारले पनि शरीरलाई तातो बनाई राख्छ र नाक र घाँटीसँग सम्बन्धित समस्याबाट बचाउँछ ।

दूधमा अदुवा पकाएर सेवन गर्नुहोस्

चिसोका कारण स्वास्थ्यमा समस्या भएमा दुध पिउन नहुने बताइन्छ । किनकि यस्तो अवस्थामा दुधले खोकी लाग्न सक्दछ तर अदुवा राखेर पकाइएको बेसार मिसाइएको दुध पिउनाले रुघाखोकी र घाँटीको समस्यामा तुरुन्त राहत मिल्न सक्छ । तपाई बिहान र बेलुकीको समयमा यसको सेवन गर्न सक्नुहुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.