महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास भत्काउनु पर्ने कारण देखाउन सर्वोच्च अदालतको आदेस

0 1,378

२८ श्रावण, काठमाण्डौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको निवास भत्काउनु पर्नुका कारण सहित लिखित जवाफ पेस गर्न आदेश नेपाल प्रज्ञा–प्रतिष्ठान लगायतका निकायलाई सर्वोच्च अदालतले आदेस दिएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ३० मा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास कवी कुन्ज निर्माण गर्ने भन्दै भत्काए पछी परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बुधबार १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो।

अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरे पछी सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले लिखित जवाफ माग गरेको हो ।

प्रज्ञा–प्रतिष्ठानले देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेपछि पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको घर नभत्काइ संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञहरुले माग गरेका थिए।

सो निवास केवल एउटा भवन मात्र नभई नेपाली साहित्यको पवित्र स्थल पनि भएकोले त्यसको स्वरूप र संरचनालाई यथास्थितिमा राखेर संरक्षण हुनुपर्ने भन्दै सो निवास भकाउने कार्यको विरोध भैरहेको अवस्थामा अदालतको पछिल्लो आदेस आएको हो।

निवास भत्काउने कार्यको निकै विरोध भए पछी प्रज्ञा प्रतिष्ठानले प्राविधिक सल्लाह पछि पुनर्निर्माण गर्न नसकिने भएकोले नया भवन निर्माण गर्न लागिएको बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.