Advertisement

गैह्र आवासीय नेपाली संघ पाेर्चुगलकाे अध्यक्षमा रबिन अधिकारी विजयी

0 1,336

Advertisement

 याेगेन्द्र खरेल

२८ साउन,, लिस्वाेन पाेर्चुगल । गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) पोर्चुगलको अध्यक्षमा रवीन अधिकारी विजयी भएका छन्।

निर्वाचन समितिले वुधबार सांझ सार्वजानिक गरेको मतपरिणाम अनुसार अधिकारीले अध्यक्ष पदमा ठुलाे मत अन्तरले बिजय हासिल गरेका छन । 

यस्तै वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश खड्का, दिनेश भण्डारी निर्वाचित भए।

महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन्।

यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । अन्य पदाधिकारी यसअघिनै निर्विरोध भएका थिए । भिमसेन थापा आइसीसी सदस्यमा निर्वाचित भए। 

निर्वाचन समितिले याे नतिजा सार्वजनिक गरेपनि निर्वाचनमा पराजित समुहले नतिजा स्विकार गरेकाे छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.