Advertisement

राप्तीमा युवा दिवश, ९ जना युवा उद्यमी सम्मानीत

0 1,836

Advertisement

तिर्थराज ज्ञवाली

२८ साउन , मसुरीया(देउखुरी दाङ) । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले युवा दिवशको अवसरमा ९ जना युवा उद्यमीहरुलाई सम्मान गरेको छ ।


खाद्य प्रणालिमा रुपान्तरण मानव र ग्रहहरुको लागि युवा आविश्कार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालन क्षेत्रमा कार्यगर्दै आएका ९ सफल ब्यवसायिहरुलाई सम्मान गरिएको हो ।


परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उदेश्यका साथ राप्ती गाउँकार्यपालिकाको कार्यालयले ग्लोवल युथ क्लव, आशाका किरण सस्था र मिलाप कृषि सहकारी संस्थाको समन्वयमा औपचारीक कार्यक्रमको आयोजना गरि युवा दिवश मनाईएको हो ।


कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले युवाहरुले सकारात्मक सोचका साथ कार्य गर्न चाहेमा सबैतर्फवाट सहयोग हुने बताउदै नैतिक, ब्यवहारीक तथा प्राविधिक शिक्षा हाशिलगर्न युवाहरुलाई अनुरोध गर्नु भएको छ ।


अध्यक्ष सुवेदिले युवाहरुले नेर्तत्व लिन तथा नयाँकामको लागि आट गरेमा सबैको साथहुनेहुदा प्रौड तथा जेष्ठ नागरिकको समेत सल्लाह तथा मार्ग दर्शनको आत्मसाथ गर्नु आवस्यक रहेको वताउदै युवा दिवशको अवसरमा सम्पुणर् युवाहरुमा शुभकामना ब्यक्त्त गर्नु भएको छ ।
ग्लोवल युथ क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै वडाका युवा उद्यमी बालाराम कुमाल, टुमा थापा, अमर चौधरी, बालकृष्ण पोख्रेल, रामपति चौधरी, प्रेम चौधरी, रमीला कुमारी चौधरी, भरत बहादुर खत्रि र ताम बहादुर खैकला मगरलाई सम्मान गरिएको हो ।


युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीकोनै स्वास्थ्यलाई महत्व दिनुपर्ने र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिइ नेपालजस्तो कृषि प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने कार्यक्रमममा बोल्ने बक्ताहरुले बताउनु भएको छ ।


युवाहरुलाई उत्साह उमंग तथा नयाँ सोचका साथ काम गर्न हौसला प्रदान गदै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, वडा नं ८ का वडा अध्यक्ष गोकणर् बहादुर राना, शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत तथा सुचना अधिकारी विश्वास वि.क.ले युवाहरुले चाहेमा अनेकन उपलब्धि हासील गर्न सक्ने बताउदै कुलत जस्ता कार्य तर्फ नलाग्न आग्रह समेत गर्नुभएको छ ।


युवाहरूलाई परिवर्तनका संवाहक नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव, युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्ने, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास नभएका, युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुने जस्ता विचारहरु कार्यक्रममा ब्यक्त गरिएको थियो । कार्यक्रमममा अनु चौधरी, अशोक बेल्वासे, जमीर साह, ओम प्रकाश गुप्ता, सन्तोष गुप्ता, बालकृष्ण खनाल लगायतले युवाका हक, अवसर र चुनौतिका वारेमा जानकारी गर्नु भएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.