Advertisement

अझै रोकिएनन् बालविवाह

0 627

Advertisement

२८ साउन, कालिकोट । कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो

किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९ कम उमेरमा भएको थियो ।

बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ । यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । “दुई विवाहमा भने मुद्दा चलाइएको छ ।” कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भन्नुभयो, “बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।”

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताउनुभयो ।

बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ । जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.