Advertisement

यातायात कार्यालयमा अब अनलाइन टोकनबाट सेवा, कसरी लिन टोकन

0 1,660

Advertisement

२८ साउन, काठमाडौं । बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयहरुमा सेवा लिनका लागि अनलाइन टोकन लिनु पर्ने भएको छ । आगामी साउन ३१ देखि लागू हुने गरी यो सेवाको प्रारम्भ गरिने छ ।

अनलाइनमार्फत पहिले नै टोकन लिएर आफूले चाहे अनुसारको सेवा लिन सकिने र टोकन नलिनेलाई सेवा प्रदान नगरिने जनाइएको छ । यसका लागि कार्यालयले एक प्रणालीको विकास गरेको छ ।

आफ्नो मोबाइल वा कम्प्युटरबाट https://visittmo.bagamati.gov.np/np क्लिक गरे पछि त्यहाँ सवारी धनीको नाम थर, सेवा लिन जाने कार्यालय, सेवाको किसिम आदि भरे पछि अनुरोध गर्नुहोस् मा क्लिक गरे पछि आएको भेरिफिकेसन कोड फारममा भरेपछि टोकन बुक हुन्छ ।

कम्प्युटरबाट टोकन प्रिन्ट गरेर वा मोबाइलमा आएको टोकन वा एसएमएस लिएर सेवाग्राहीले आफूले रोजेकोे दिनमा कार्यालयमा जानु पर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.