Advertisement

NRNA पाेर्चुगलकाे जात्रैजात्रा गाईजात्रा

0 2,037

Advertisement

याेगेन्द्र खरेल

२७ साउन, लिस्वाेन पाेर्चुगल ।
अगस्ट १ , २०२१ दिउसाे करिब ३ बजेकाे थियाे हाेला, NRNA पाेर्चुगलका पदाधिकारीहरु मतदान मार्फत छान्न चुनावमा सहभागी भएकि एक जना बैनि संग भेट भयाे । उनी उक्त चुनावमा सहभागी भएपछि निकै प्रसन्न मुद्रामा निकै खुसि हुँदै आएकि थिईन , उनकाे खुसि कसले जित्छ र कसले हार्छ भन्नेमा थिएन । टाइसुटमा र साडि ब्लाउजमा सजिएका नेपाली दाजुभाइ दिदिबहिनीकाे उपस्थिति र उनिहरुकाे शालिनता ले उनकाे हृदय तथा मुहारमा खुसि छाएकाे रहेछ ।

उनले भन्दै थिईन आज प्रदेशमा बसेर पनि नेपाल मै रहेजस्ताे अनुभूति भयाे , याे पाे हाे असलि नेपालिकाे पहिचान । उनका कुरा भुइँमा खस्न नपाउदै एक जना दाजु प्याच्च बाेले ; बेलुका ८ बजेपछि बल्ल देखाउछन नेपालीकाे असली पहिचान । अहिले देखिएकाे त देखाउने दात मात्र हाे असली हैसियत साझकाे ८ बजेपछि देखाउने छन, टाइसुट, डिब्लाउजमा ढाँटिएर गएकाहरुले । ति दाजुका यी तिता शब्दहरु सुनेपछि बिचरा ती बहिनिकाे मुहारमा देखिएकाे मुस्कान हरायो र मुहारमा मलिनताले छायाे । म केबल सुनिरहे म केही बाेलिन , म के बाेल्नु के नबाेल्नु भए ।

साेहि चुनावमा सहभागी भएका एक जना भद्र ब्यक्तिसंगकाे संवाद मा मैले साेधे , दाजु चुनाव कस्ताे चलिरहेको छ ? उहाकाे उत्तर फ्याट्टै आयाे नेपालकाे संसदीय निर्वाचन जस्तै । पार्टीका उम्मेदवारहरु छन , उम्मेदवारहरुले मतदाताहरुलाई नमस्कार नमस्कार गरिरहेका छन , आफ्नाे भाेटर आएपछि हातमा समाएर लगेका छन । काे आयाे काे आएन भनेर आैला भाँचेका छन , फाेन गरेर छिटाे आउन आग्रह गरेका छन । टाढा बाट आउने भाेटरहरुलाई खानकाे लागि भतेर लगाएका छन , यी र यस्तै माहाेल छ निर्वाचनकाे । उहाका यी कुरा सुनेपछि मलाई नेपालकाे संसदीय निर्वाचन झल्काे आयाे ।

विभिन्न कारणहरु देखाउदै लिस्वाेन बाहिरका मतदानहरु स्थगित भएकाे खबर पाइसकेकाे थिए । लिस्वाेनमा शान्तिपूर्ण वातावरणमा निर्वाचन भइहरेकाे भन्दै साथिहरुले रिपोर्टिङ गरिहेका थिए तर ती दाजुले भनेकाे शब्दले मलाई कतिबेला आठ बज्ला भन्ने बनाइरहेकाे थियाे । आखिर ती दाजुले भनेझै बेलुकी आठ बजेपछि असलि रुप देखाइछाडेछन , चुनावमा फर्जि मत खसेकाे भन्दै हात हालाहालकाे स्थिति सिर्जना भएछ । ती फर्जि मत वास्तव मै खसेका हुन कि प्राबिधिक कमजोरी काे कारण यस्ताे भएकाे हाे ? यदि प्राबिधिक कमजाेरिकाे कारण यस्ताे भएकाे हाे भने निर्वाचन समितिले गल्ती स्विकार्दै सबै सामु क्षामा प्रार्थि हुनुपर्थ्याे यदि याे प्राबिधिक कमजोरि नभई नियतबस नै यस्ताे भएकाे हाे भने यस्ताे कृते कार्य गर्नेहरुलाइ छानबिन गरि कार्रवाहि गर्ने कसले त ? याे सबै कुरा जवाफ निर्वाचन समितिले दिनुपर्दछ याे उसकाे कर्तव्य हाे ।

स्थगित भएकाे भनिएका निर्वाचनहरु अगस्ट १० २०२१ मा अनलाइन भाेटिङ गर्ने भनेर निर्वाचन समितिले एकलौटी निर्णय गरेकाे र यसरी गरिएको चुनावी नतिजा स्विकार्य हुन नसक्ने भन्दै एउटा पक्षले आफ्नो भनाइहरु सार्वजनिक गरिरहेकाे छ । एक पक्षले NRNA काे कार्यालयमा ताला लगाएकाे छ । कुनै पनि निर्वाचन हुनुपुर्व निर्वाचन र निर्वाचन कार्यबिधिकाे बिषयमा निर्वाचनमा सहभागी दुबैपक्ष संग सहमति गरि निर्वाचन गरेकाे भए सायद यस्ताे बिबाद हुदैन थियाे कि ?

यसरी सबैकाे सहमति बिना गरिने निर्वाचन र यसबाट प्राप्त हुने नतिजाले केही अन्याेलता अवस्य सृजना गर्ने छ । यतिसम्म बिबादित भइसकेपछि जुनसुकै पक्षले हारेपनि हार स्विकार्ने छैनन । भने जित्ने पक्षले पनि धाधली गरेर जितेकाे भन्ने आराेप सधैं भरि खेपिरहनु पर्ने छ । यी र यस्ता गतिविधिहरुले खस्कदै गइरहेकाे NRNA काे साख झनै खस्कदै जाने छ । NRNA पाेर्चुगल प्रति यहाँ रहेका नेपालिहरुकाे बितिष्णा बढ्दै जाने छ । यस्ताे परिस्थिति आउनु यहाँ रहेका आप्रवासी नेपालीहरुकाे लागि निकै दुर्भाग्यपूर्ण हुनेछ ।

याे कुनै लाभ लिने नभइ विशुद्ध सेवा गर्ने संस्था हाे । यस्ताे संस्थाकाे गरिमालाई खस्काउन गरिने कुनै पनि प्रकारका कार्यहरु स्विकार्य हुनुहुदैन । यहाँ रहेका अधिकांश आप्रवासी नेपालीहरुलाई कसले जित्छ कसले हार्छ मतलब छैन उनिहरुकाे एउटा मात्रै चाहाना छ , जसले जिते पनि जसले हारे पनि , बिधिबिधान ताेड्ने काम नगरुन । यहाँ जसले जिते पनि काले गएर गाेरे आउने हैन काले गएर काले नै आउने हाे त्यसैले NRNA पाेर्चुगलकाे हार र जितलाई प्रायःजसो नेपाली हरुले चासाे दीएका छैनन । तर जुनसुकै काले आएपनि बिधिबिधान र मतदाताहरुकाे असलि मन जितेर आआेस र राम्रो गर्न नसके पनि नराम्रो चाहिँ नगराेस भन्ने चाहन्छन अधिकांश आप्रवासी नेपालीहरु ।

अगस्ट ११ , २०२१ मा मतगणना हुने कुरा निर्वाचन समितिले सार्वजनिक गरेकाे छ भने एउटा पक्षले NRNA काे समानान्तर समिति घाेषणा गर्ने कार्यक्रम तय गरेकाे छ । यसरी हेर्दा यी दुबै पक्षकाे नियत सफा देखिदैन । यसरी पद पाउनकाे लागि जुनसुकै हदसम्म गिर्न तयार हुनेहरुकाे याे जात्रैजात्रा गाइजात्रा देख्दा आम नेपाली आप्रवासीहरु वाक्क भइसकेका छन । यसरी राजनीतिक प्रतिशाेध साँध्ने र राजनीतिक अभिष्टता पुरी गरि छाड्ने यी दुबै प्रकारका अतिवादिहरु हुन । यिनिहरुले आम आप्रवासीहरुकाे हकहितमा काम गर्लान भन्ने आशा गर्नु बालुवा पेलेर तेल निकाल्न खाेज्नु जत्तिकै मुर्खता हुनेछ । सम्भवतः अगस्ट ११ २०२१ ले पाे्रचुगलमा दुइवटा NRNA उपहार दिने छ । एउटा गरिएको भनिएकाे निर्वाचनले दिने NRNA र अर्काे स्वघाेषित NRNA । साेझासाझा हरुलाइ गरिखान नदिने भए बरै राजनीतिकाे रंग बाेकेका यी मानवहरुले ।

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.