बिना अर्थको परीक्षाफल
रमेश बाबु रेग्मी
२६ साउन, काठमाडौं । विक्रम सम्वत १९९० देखि सुरु भएको एसएलसी परीक्षा निकै लामो समय राष्ट्रिय गौरवको परीक्षाको रुपमा रह्यो। पुष्पभक्त मल्ल पहिलो बोर्डफस्ट हुँदा देखि २०२६ सालमा बाबुराम भट्टराई, २०३१ सालमा ईश्वर थापा तथा २०३८ सालमा पहिलो महिला फस्टका रूपमा लुना भट्ट रहँदा सम्म गौरव पूर्ण नै रह्यो ।
यसै प्रकारको सान र मान २०६१ सालमा समिर श्रेष्ठ बोर्डफस्ट हुँदा सम्म रहेको देखिन्छ । त्यसपछि परीक्षा बोर्डले रेकर्डका रुपमा राखेता पनि सार्वजनिक रुपमा बोर्डमा पर्ने विद्यार्थीहरूको सूची प्रकाशित खासैगरेन ।
२०७१ सालमा दिक्षित पौडेल एसएलसीबोर्ड फस्टभएभने २०७३ सालको नयाँ शिक्षा ऐनले यस समयसम्म SLC नाममा लिएको परीक्षा SEE( Secondary education examination) नाम राखी कक्षा १२ पछिमात्र SLC लिने प्रावधान राख्यो । त्यसैले २०७२ साल र त्यो पछि ग्रेडिङ सिस्टममा SLC/SEE को नतिजा प्रकाशन गर्न थालिएकाले SEE बोर्ड फस्टको प्रावधाननै रहेन।
अहिले महामारीको समय छ। गत वर्ष र यस वर्ष प्रत्येकविद्यालयलेआफ्ना विद्यार्थीका लागिआफैअङ्कदिएर परीक्षाफल तयार गरेकाहुन् । विद्यार्थीको वास्तविक क्षमता बुझ्ने शिक्षकहरुले नै हो तर कतिपय विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई अङ्कप्रदान गर्ने बेलामा विवेक पुराएको देखिँदैन । तीन वर्ष पहिला १० जना भन्दा कम विद्यार्थीले SEE मा A+ नतिजाल्याएका थिए तरअहिलेको विषम परिस्थितिमा झण्डै ७२ हजार विद्यार्थीले सबै विषयमा A र A+नतिजाल्याएको देखिएको छ। यति मात्रै होइन काठमाडौंका मात्रै एकहजार दुइ सय जनाभन्दा बढी विद्यार्थीले A+ नतिजा ल्याएको पाइएकोछ।
कयौ नतिजा हेरेरअहिलेकोअवस्थामा हाम्रो शैक्षिक गुणस्तर बढेकोआकलन गर्नसकिन्छ त? परीक्षा बोर्डले कार्य विधिमार्फत ८० प्रतिशतभन्दा बढी अङ्कदिनु पर्नेभएमा यसको कारण खुलाउनु पर्ने व्यवस्था गरेकोछ। तैपनि यस्ता नियमलाइ बेवास्ता गर्दै नाम चालेका सरकारी विद्यालयले नै पनि धेरै भन्दा धे रैविद्यार्थीलाई A/A+ नतिजादिएको देखिएको छ भने मनोमानी ढंगले अङ्क दिने चौबिस विद्यालय छानविनको घेरामा परेकाछन् । चौध लाख हाराहारी विद्यार्थी एक कक्षामा भर्ना भइरहँदा, पाँच लाख भन्दा कम विद्यार्थीले एसईई परीक्षा दिएको पाइएकोछ। सम्पूर्ण शिक्षा क्षेत्रको ध्यान विद्यार्थीको छाड्ने प्रवृत्ति(Dropout)रोक्न र गुणस्तरिय शिक्षा प्रदान गरी, गरी खान सक्ने विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
शिक्षा के का लागि?
शिक्षा जीवनका लागि हुनुपर्छ । शिक्षा हासिल गरि सकेपछि त्यसको प्रयोगले सहज जीवनयापनमा सहयोग गर्दैन भने त्यस्तो शिक्षा कुनैअर्थ छैन । परीक्षामा धेरै अङ्कप्राप्त गर्नु मात्र जीवनको लक्ष्यहु नुहुँदैन । परीक्षामा धेरैअङ्क प्राप्त गर्ने व्यक्ति मात्र सफल व्यक्ति हुन्छन् भन्ने छैन ।
यदि त्यसो हो भने हरिवंश आचार्य जस्ता व्यक्तिलाई के के भन्ने? विद्यालय तहको अध्ययन लाई कुरा गर्ने हो भने भगवान कोइराला पनि अत्यन्त कमजोर विद्यार्थीमा पर्छन्/ परिश्रम गर्यो भने जुन सुकै तहमा पनि राम्रो गर्न सकिन्छ भन्ने कुरा को राम्रो उदाहरण भगवान कोइरालाबाट सिक्न सकिन्छ। इच्छाधीन गणितको कक्षा बाट हटाइएका विद्यार्थी जसले अनिबार्य गणित विषयमा 33 अङ्कमात्र ल्याएर एसएलसी उत्तीर्णगरेउनी आज दक्षिण एसियाकै सर्वोत्कृष्ट मुटु रोग विशेषज्ञको रुपमा चिनिन्छन् ।
यो संसारमा असंख्य त्यस्ता व्यक्तिहरु छन् जो विद्यालयको परीक्षामा असलविद्यार्थी कहिल्यै भएनन् तर आफ्नो लगाव र परिश्रमका कारण सफल ब्यक्तीको दर्जामा उभिन सफलभएकाछन् ।
त्यसैले शिक्षा आर्जन गर्नु , धेरै अङ्क प्राप्त गर्नु मात्र होइन आफ्नो काम सफलता पूर्वक गर्न सक्नुहो । तर अहिलेको युगमा पनि विद्यालय तथा शिक्षकहरुले समेत आफ्ना विद्यार्थीलाई धेरैअङ्क प्रदान गरेर आफ्नो सफलता पुष्टिगर्न खोज्नु बिडम्बना हो ।
के विषय पढ्ने?
कुनै पनि विद्यार्थीले यही विषय पढ्नुपर्छ भन्नेछैन तर जेसुकै विषय पढेपनि त्यसमा राम्रो गर्न सक्नु पर्छ । विद्यार्थीले अध्ययनका लागि विषय छनौट गर्दा आफ्नो रुचिको विषय छनौट गर्नुपर्छ र सबै भन्दा बढीआफ्नो क्षमताको ख्यालगर्नुपर्छ ।
विद्यालयमा भौतिक रुपमा उपस्थित भई अध्ययन गर्दा जुनतहको ज्ञान हासिल हुन सक्थ्यो अनलाईनका माध्यमबाट उक्त तहको ज्ञान हासिल हुन सकेको छैन तर विद्यालयले आफ्नो विद्यालयको नतिजा उत्कृष्ट देखाउनका लागि विद्यार्थीको क्षमता भन्दा माथिल्लोतहका अङ्कप्रदान गरि दिएका छन ।
यदि विद्यालयले प्रदान गरेको अंक लाई आधार बनाएर विषय छनौट गर्ने हो भने अधिकांश विद्यार्थीको भविष्य अन्धकारमय हुनसक्छ।
कतिपय अबुज अभिभावकले आफूले पूरागर्न नसकेका जीवनका लक्ष्य पूरागराउन आफ्ना बालबच्चालाई आफ्नो छनौटको विषय पढाउन खोज्छन्, कतिपय विद्यार्थीहरूआफ्ना साथीभाइको दबाबका कारण आफ्नो क्षमता भन्दा बाहिरका विषयपढ्न खोज्छन्, त कतिपय विद्यार्थीले आफ्नो परिवारको आर्थिक सामाजिक र पारिवारिक अवस्थार क्षमतालाई ख्याल नगरी विद्यालय छनौट गर्दा मनोवैज्ञानिक प्रभावका कारण पनि अध्ययनमा राम्रो नगरेको देखिन्छ ।
अध्यायन, ज्ञान सीप, विवेक..महत्वपूर्ण कुरा हुन्, अङ्क महत्वपूर्ण होइन । त्यसैले ज्ञानका लागि पढौंअंकका लागि होइन । हातमा डिग्रीको सर्टिफिकेट- पेसा गृहिणीभन्ने शीर्षकको पात्र शीर्षकको पात्र नबनौ।