Advertisement

भाग्यमानी ६८ हजार ४७४ जना आवेदकहरुले पाए मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ

0 684

Advertisement

२६ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले विहान ९ः३० बजे आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ भाग्यमानी ६८ हजार ४७४ जना आवेदकहरुले १० कित्ताका दरले प्राप्त गरेका छन् भने यी मध्य ६ जनाले थप एक कित्ता अर्थात बढीमा ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेकोमा रितपूर्वक नभएको भन्दै २ हजार ८४३ जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकको भनाई छ । योग्य २० लाख ६५ हजार १२४ जनालाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कम्पनीले सोमवार आईपीओका प्रि—अलोटमेण्ट गरी मंगलवार अन्तिम बाँडफाँट गरेको हो ।

कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।

यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम भएको छ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.