Advertisement

वराह जयन्तीको धार्मिक महत्व!

0 1,676

Advertisement

२६ साउन, काठमाडौं । मिति २०७८ साल श्रावण २७ गते बुधबार श्रावणशुक्ल तृतिया तिथि साँझ ५ : ०८ बजेसम्म त्यस उप्रान्त चौथी तिथि आरम्भ भगवान बराहजयन्ती भएकोले पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितीलाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन।यो देखेर सबै देवताहरू र ऋषी कश्यप ब्रम्हाजी सँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए।

त्यसपछी ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट हिरण्याक्ष तथा हिरण्यकश्यपु नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यी दुवैले स्वर्ग मर्त्य तिनै लोकमा उपड्रो मचाउन थाले।

हिरण्याक्ष ठूलो भए पछि महाबली असुर भयो।ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इच्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछी मर्नु पर्छ अमरताको बरदान दिन सकिदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष आफु अमरता बाहेक अरु कोही बर नमाग्ने ढिट गर्न थाल्यो।

हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माजीले जनावर बाहेक मनुष्य, देवता, यक्ष, किन्नर, आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए।हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार गर्‍यो तै पनि जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो।

ब्रह्माको बरदान पाएर हिरण्याक्षले जता ततै उत्पात मचाउन थाल्यो।यसरी उत्पात मचाउदै जनावरहरू यसै पृथ्वीमा छन् यो पृथ्वी नै जलमा डुबाइ दिँदा आफु सँधै जिवित रहने छु भन्ने मनसायले एक दिन पृथ्वीलाई लात्तीले हानेर पाताल पुर्याई दिए।तब सारा चराचर जगत नै जलमग्न भयो। यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे। त्यसैबेला ब्रह्माजीको नाकबाट भगवान विष्णु बँदेलरूप लिएर अवतरीत हुनुभयो। उहाँले नै हिरण्य असुर मारेर भुमीलाई आफ्नो दाँतले उठाएर पूर्ववत गर्नुभयो ।हिन्दू धर्मका अनुशार भगवान विष्णुले बराह “बँदेल”को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने “हिरण्याक्ष” नाम गरेको राक्षसको बध गर्नुभएको थियो। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पृथ्वीको उद्दार गर्नु भएको थियो । बराह भगवानले नै श्राद्ध पद्धती चलाएको कुरा हिन्दू ग्रन्थमा लेखिएको छ।

पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.