Advertisement

मेसीलाई पीएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, युरोपियन कमिसनमा उजुरी

0 427

Advertisement

२५ साउन, एजेन्सी । बार्सिलोना हालै अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई फ्रान्सेली क्लव पेरिस सेन्ट जर्माइन (पीएसजी) जानबाट रोक्ने प्रयास शुरू भएको छ । यो प्रयास अरु कसैले नभएर बार्सिलोनाले नै गरेको हो ।

डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ ।

ल फर्मले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फुटबल क्लव बार्सिलोनाका साझेदारहरूको तर्फबाट मेरो ल फर्मले युरोपियन कमिसनमा एउटा उजुरी तयार गरेको छ, र मेस्सीलाई पीएसजीसँग हस्ताक्षर गराउनबाट रोक्न फ्रान्सका नागरिक र प्रशासकीय अदालतहरुबाट अस्थायी प्रतिबन्धको माग गरेको छ ।’

फाइनान्सियल फेयर प्लेको अनुपातमा पीएसजीको अवस्था बार्सिलोनाको भन्दा खराब भएको भन्दै यो सम्झौता हुन नसक्ने दावी गरिएको हो । बार्सिलोनाले आफ्नो फेयर प्ले अनुपात खराब रहेकै कारण मेसीलाई गुमाउनुपरेको बताएको थियो ।

पीएसजीले मेसीलाई वार्षिक करिब ४० मिलियन डलर दिने प्रस्ताव गरेको बताइएको छ। एक वर्ष सम्झौता थप्न सकिने विकल्पसहित पीएसजीले मेसीलाई अफर गरेको बताइएको छ।

अहिले मेसी पीएसजी जाने निश्चित भएको बताइएको छ। उनले मंगलबारसम्म मेडिकलका लागि पेरिस पुग्ने समाचार फ्रेन्च मिडियाहरुले प्रकाशित गरेका छन्।

‘सन् २०१९-२० मा पीएसजीको तलब-आम्दानी अनुपात ९९ प्रतिशत थियो भने बार्सिलानोको ५४ प्रतिशत थियो । यसबीचमा यो अन्तराल बढेको छ ।’

बार्सिलोनाले आफ्नो युरोपेली प्रतिद्वन्द्वी पीएसजीमा मेस्सीलाई पठाउन चाहँदैन । त्यसैले उसले यो सम्झौता रोक्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।

मेस्सी बार्सिलोनाबाट अलग भएसँगै पीएसजीले उनलाई ल्याउन प्रक्रिया अघि बढाएको थियो । मेस्सीका एजेन्ट तथा बुबासँग पीएसजीको कुराकानी भइसकेको छ । यद्यपि, यस विषयमा औपचारिक जानकारी दिइएको छैन ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.