Advertisement

टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण

0 809

Advertisement

२४ साउन, काठमाडाैँ । माल्कोमको निर्णायक गोलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा जितेको छ ।शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।निसान स्टेडियममा भएको खेलको ३८औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले अग्रता लिने अवसर गुमाएको थियो ।

तर पहिलो हाफको इन्जुरी समयमा कुन्हाले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए ।६१औं मिनेटमा ओयार्जाबलले स्पेनका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ ब्राजिलका माल्कोम नायक बने । उनले १०८औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जित दिलाए ।

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले सन् २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.