Advertisement

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी

0 1,123

Advertisement

२३ श्रावण, काठमाडौं । राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो। राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र बालाजुमा छन् ।

मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी नियन्त्रणमा लिन नसकिएकाले क्षतिको विवरण संकलन गर्नसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.