Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

0 1,193

२२ श्रावण, एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ ।

टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा २ सय ४३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो ।

चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४० पदक जितेको छ ।

ग्रेट ब्रिटेन १५ स्वर्णसहित ४८ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलियाले १५ स्वर्णसहित कुल ३६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै रसियन ओलम्पिक कमिटिले १४ स्वर्ण जित्दा जर्मनीले ८ स्वर्ण जितेको छ । फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ६/६ स्वर्ण हात पारेका छन् ।

क्युवाले ५ स्वर्ण जित्दा हंगेरी, क्यानडा, ब्राजिल र चेक रिपब्लिकले ४/४ स्वर्ण तथा पोल्याण्ड, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।

दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।

त्यस्तै २७ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.