Advertisement

अन्तर्राष्ट्रिय टी ट्वान्टीमा बङ्गलादेशको अष्ट्रेलियामाथि पहिलो जित

0 957

Advertisement

२० साउन, काठमाडाैँ । अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट खेलमा बङ्गलादेशले अष्ट्रेलियालाई पहिलो पटक हराएको छ । बङ्गलादेशले अन्तर्राष्ट्रिय टी ट्वान्टीको आफ्नो पाँचौं प्रयासमा मात्रै अष्ट्रेलियामाथि २३ रनको जित हात पारेको छ । जितसँगै पाँच खेलको टी ट्वान्टी शृङ्खलामा बङ्गलादेशले १–० को अग्रता लिएको छ ।

बङ्गलादेशले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया क्रिकेट टोली मात्र १०८ रनमा समेटिन पुग्यो । उसको पारीका आठ जना ब्याट्सम्यानले दोहोरा योगफल जोडन सकेन । ओपनर एलेक्स कैरीलाई मेहदी हसनले डक आउट गराएपछि अष्ट्रेलिया दबाबमा आएको थियो । मिशेल मार्शले ४५ रनको योगदान गरेर स्थिरता प्रदान गरेपनि अन्य कुनै पनि ब्याट्सम्यान बङ्गलादेशको बलिङ्गको सामना गर्न सकेन । र एक पछि अर्को विकेटको पतन हुँदै गयो ।

बङ्गलादेशको बलिङमा नसुम अहमदले चार ओभरमा मात्र १९ रन खर्चेर सर्बाधिक चार विकेट लिनुभयो । मुस्तफिजुर रहमान र शोरिफुल इस्लामले सामान दुई दुई तथा महेदी हसन र शकीब अल हसनले एक एक विकेट लिनुभयो ।

त्यसअघि, ढाकामा टस हारेर पहिला ब्याटिङ गर्ने आमन्त्रण पाएको बङ्गलादेशले पुरै २० ओभर खेलेर सात विकेटको क्षतिमा १३१ रनको औसत योगफल तयार गर्यो । बङ्गलादेशलाई औसत योगफलसम्म पुर्याउन अलराउन्डर शकीबले मात्र ३३ बलमा ३६ रनको उत्कृष्ट पारी खेल्नुभयो । अफिफ होस्सैनले २३ तथा मोहम्मद नईमले ३० रनको योगदान दिनुभयो ।

अष्ट्रेलियाका लागि मिसेल स्टार्कले दुई तथा जोश हयाज्लऊडले तीन एवम् एडम जाम्पा र एन्ड्रयु टाइले सामान एक एक विकेट लिनुभयो । नसुम अहमद प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.