Advertisement

१८ वर्षमाथिका सबैलाई खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ

0 1,120

Advertisement

२० साउन, बेनी । हिमालपारिको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । अहिलेसम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन् ।

भण्डारी भन्नुहुन्छ –‘जिल्ला भित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाइ खोप लगाइसकिएको छ कहीँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् नलगाएकाहरु भएमा सम्पर्कमा आए भने हामीले तिनीहरुलाई पनि छिट्टै लगाउँछौं ।’ अब १८ वर्षमाथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् । खोप केही मात्रा हामीसँग मौज्दात पनि रहेकोले सबै नागरिकले खोप पाउँछन् – भण्डारीले भन्नुभयो ।

जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्लाभित्र कुनै पनि दुरूपयाेग नभएको भण्डारीले बताउनुभयो । भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोस्राे डोज लगाउन बाँकी भए पनि लक्ष्यित वर्ग सबै खोपको दायरामा आइसकेका छन् ।

मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय सङ्क्रमित छन् । एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत छन् भने अन्य सबै सक्रिय सङ्क्रमितहरु होम आइसोलेसनमा छन् ।

मुस्ताङ जिल्लामा कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । हालसम्म मुस्ताङ जिल्लाभित्र पिसिआर विधिबाट २२३ जनाको परीक्षण गर्दा ११२ जनामा र एन्टीजेन विधिबाट २ हजार ७ सय १७ जनाको परीक्षण गर्दा ४०६ जनामा कोभिड–१९ पोजिटिभ पाइएका यस अघि मनाङमा १८ वर्षमाथिका सबैलाइ खाेप लगाएर पहिलाे जिल्ला बनेकाे थियाे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.