प्रहरीलाई दैनिक शारीरिक व्यायाम र कसरत, ‘अनफिट’ देखिएका प्रहरीलाई दैनिक दाैडाउन थालियाे

0 1,437

२० साउन, दाङ । ‘अनफिट’ देखिएका प्रहरीलाई दैनिक दाैडाउन थालियाे । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा मोटोपना देखिएपछि उनीहरूलाई अतिरिक्त शारीरिक व्यायाम र दैनिक कसरत गराउन थालेको छ । शारीरिक रूपमा मोटा देखिने प्रहरीका माथिल्लो तहका अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरु गरिएको छ ।

आफू जिल्ला आएदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुुभयो ।

मोटा प्रहरी सबैलाई बिहानको दौड अनिवार्य गरिएको छ । शारीरिक रूपमा चुस्त र छरितो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीमा मोटोपना बढ्दै गएकोप्रति सङ्गठनभित्रै चिन्ता बढेकाले आफैँबाट यस्तो सुरु गरेको एसपी काफ्लेकाे भनाइ छ ।

दाङका विभिन्न ठाउँमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाउने योजना रहेको एसपी काफ्लेले बताउनुुभयो । दैनिक अभ्यासले फिट भएपछि ती प्रहरीलाई फेरि सम्बन्धित कार्य क्षेत्रमै खटाइने उहाँले जानकारी दिनुुभयो ।

केही प्रहरीमा अस्वाभाविक मोटोपना देखिएकाले राम्रोसँग हिँड्न पनि नसक्ने अवस्था रहेको एसपी काफ्लले बताउनुुहुन्छ ।

‘जो आफैँ राम्रोसँग हिँड्न सक्दैनन्, उनीहरूलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो’ , उहाँले भन्नुुभयो ।

दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डीएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरी दौडिन र व्यायाम गर्न थालेका छन् । डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार ड्युटीमा रहेका प्रहरीबाहेक अरू सबै एक घण्टा दौडिन सुरू गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.