Advertisement

ओलीसँग वार्ता हुने खबर पाएपछि प्रचण्ड बिहानै पुगे कोटेश्वर

0 702

Advertisement

१९ श्रावण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने खबर पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन्।

उनी कोटेश्वर पुगेर नेता माधव कुमार नेपालसँग आज हुने सम्भावित छलफलबारे कुराकानी गरेका छन्। सत्ता गठबन्धले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाबसमेत दिँदै आएको छ। जसका कारण हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

तर माधव कुमार नेपालले एमालेकै हैसियतमा सरकारमा सहभागी नहुने बताइसकेका छन्। सत्ता गठबन्धनलाई माधव कुमार नेपाल ओलीसँग सहकार्य गरे सरकार धरापमा पर्ने आँकलन गरेका छन्। जसका कारण नेपाललाई कुनै पनि हालतमा ओलीसँग सहकार्य नगर्न सुझाइएको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.