Advertisement

कक्षा १२ को परीक्षा निर्धारित समयमै, हल्लाको पछि नलाग्न आग्रह

0 340

Advertisement

१८ साउन, भक्तपुर । कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए ।

‘साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’ एडुखबरसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै पौडेलले भने ‘परीक्षाका लागि आवश्यक तयारी जारी छ ।’

कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ ।

गत वर्ष कोभिडका कारण ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिईएको थियो तर यस पटक सय पूर्णाङ्कमा नै परीक्षा सञ्चालन हुनेछ । कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै निर्धारित केन्द्रमा परीक्षा सञ्चालन गर्ने साविकको शैली परिवर्तन गरी होम सेण्टरमा परीक्षा गर्ने निर्णय भएको बोर्डले जनाएको छ । गत जेठ २६ गते तय भएको यस बर्षको परीक्षा कोभिडको दोस्रो लहरको संक्रमणका कारण स्थगित गरिएको थियो ।

परीक्षा सञ्चालन गर्दा हरेक विद्यालयले महामारी विरुद्ध सरकारले जारी गरेको स्वास्थ्य माण्दण्ड पालना गर्नु पर्ने छ । परीक्षामा सहभागि हुन तीन लाख ८६ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.