Advertisement

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल जारी

0 563

Advertisement

१८ साउन, काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काबीच छलफल जारी रहेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठकमा नेपाल समूहको सहभागिता छैन।

शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन र सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल केन्द्रित रहेको छ। खड्का सत्ता गठबन्धनले बनाएको कार्यदलका संयोजकसमेत हुन्।

सोमबार बिहान सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक बालुवाटारमा बसेको थियो। कार्यदलको बैठकले कुन दलले कुन मन्त्रालय र कति संख्यामा पाउने भन्ने विषयमा छलफल केन्द्रित थियो। कार्यदलको सुझावमाथि थप छलफल गरेर टुंगोमा पुर्‍याउन शीर्ष नेताको बैठक बसेको बालुवाटार स्रोतको भनाई छ।

विश्वासको मत पाएपनि लामो समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।

सत्ता गठबन्धनमा देउवालाई जसपाको विवाद टुंगिएकोले चाँडै सरकार विस्तार गर्नुपर्ने दबाव छ। तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनमा सकस परिरहेको छ। गठबन्धनले मन्त्रालयगत भागबण्डासमेत बाहिर ल्याएको छैन। यता पार्टी सभापति समेत रहेका देउवाले आफ्नै पार्टीभित्रबाट पनि कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन्। देउवाले रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केहीलाई समेटेर मन्त्री बनाउने तयारी गरेपनि भागबण्डा मिल्न सकेको छैन।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.