Advertisement

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा

0 544

Advertisement

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

उनले मन्त्री पदमा रहँदासम्म आवास, गाडी र भत्ता नलिने बताएका हुन् । उनले सुरक्षाकर्मी बाहेक अरु सुविधा नलिने र हालसम्म संग्लग्न रहेको व्यावसायिक संस्थाबाट पनि बाहिरिने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने बताए । शिक्षा तथा स्वास्थ्य क्षेत्रका व्यवसायी श्रेष्ठलाई शेरवहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीका रुपमा नियुक्त गरेको भन्दै देउवा सरकारले आलोचना हुँदै आएको छ ।

व्यवसायिक पृष्ठभूमीबाटै राज्यमन्त्री भएको भन्दै उनको आलोचना भएपछि उनले सरकारी सेवा सुविधा नलिने उद्घोष गरेका हुन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् ।

उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन् । श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए ।

उनको स्वास्थ्य क्षेत्रमा पनि लगानी छ । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् ।

उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् । अब उनी यी सबै व्यवसायिक संस्थाबाट बाहिरिने भएका हुन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.