Advertisement

एमाले स्थायी कमिटी बैठक बस्दै, ठोस निर्णय गर्ने तयारी

0 627

Advertisement

१७ श्रावण, काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुन नसकेपछि आज बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गरेका थिए । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यद्यपि आज बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने विश्वास गरिएको छ ।

बैठक आज तीन बजेकालागि पुनः बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । शनिबार करिब पौने घण्टा चलेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद समाधानकै विषयमा केन्द्रित भएर छलफल भएको थियो । प्रमुख तीन वटा एजेण्डामा छलफल गर्ने कार्यक्रम तय गरिएको भएपनि शनिबार त्यस विषयमा छलफल हुन सकेन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.