Advertisement

डिजिटल भुक्तानी कारोबार वृद्धि

0 726

Advertisement

१६ श्रावण, काठमाडौं । नेपालको नगद रहित भुक्तानी कारोबार कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा तीन गुणाले बढेको छ । कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको एनसीएचएलले जनाएको छ।

एनसीएचएलका विभिन्न प्रणालीहरु मार्फत गत आर्थिक वर्ष २०७७/७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढेको हो ।

त्यस्तै, एनसीएचएलले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११७ प्रतिशतले बढी हो ।

त्यसैगरी, एनसीएचएलले नेपाली रुपैयाँ १३ खर्ब, यूएसडी २० करोड ९ लाख, ईयूआर २४ करोड ९ लाख र जीबीपी २७ करोड २ लाख बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौट गरेको हो ।

उक्त आर्थिक वर्षमा चेकको कारोबार २१ प्रतिशतले, एनसीएचएल-आईपीएसमा ९४ प्रतिशतले र कनेक्ट आईपीएसमा ५६६ प्रतिशतले कारोबार वृद्धि भएको छ । यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी वृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड-१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास कम्पनीले गरेकोछ ।

एनसीएचएलमा ५९ बैंक वित्तिय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरु आवद्ध रहेका छन् ।

एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु संचालन गर्दै आएको छ ।

यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको बृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरूको उपयोग भने उल्लेख्य रुपमा बृद्धि हुँदै गएको कम्पनीले जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.