सुनको मूल्यमा बृद्धी
१५ साउन, काठमाडौं । केहिदिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर बृद्धि भएको छ । आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार तोलाको ९२ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ ।
तेजाबीको मूल्य पनि आज तोलामा ५ सयले नै बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ भने १५ रुपैयाँले बढर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।