Advertisement

१०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग

0 586

Advertisement

१५ श्रावण, काठमाडौं । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ । तर, तपाईँ हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो ।

सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबा गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भुकम्पले थप जीर्ण बनाएको थियो । यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि २ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ ।

चौडाइ २.५ मिटर र उचाइ तप्न मिटर छ । पाँचौँ राणा प्रधानमन्त्री चँद्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौँडा छिचोल्न यो सुरुङमार्ग निमार्ण गरिएको थियो । त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो ।

अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधा निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुर्ननिमार्ण थालेको छ। मुख्यमन्त्री डोरमणी पौडेलले बिहिबार पुर्ननिमार्ण कार्यको शिलान्यास गरेका छन् ।

अन्नपूर्ण

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.