Advertisement

थप ३ हजार ६६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

0 880

Advertisement

१४ श्रावण काठमाडौं । नेपालमा थप ३ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ५५५ जानाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ६८७ जनाको एन्टिजेन परीक्ष गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.