मैलुङ खोला जलविद्युत कम्पनीको आजबाट आईपिओ बिक्रि खुला
१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आज साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यस निष्काशनमा साउन १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यप्तिअल बिक्रि प्रबन्धक रहेको छ ।