Advertisement

एन्फाको केन्द्रिय कार्यसमितिको आपतकालीन बैठक आपतकालीन बैठक शुक्रबार बस्ने

0 1,288

Advertisement

१३ श्रावण, काठमाडौं । एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि आरोप लगाउँदै कुवेती अब्दुल्ला अलमुताइरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारका लागि केन्द्रिय कार्यसमितिको आपतकालीन बैठक डाकेको छ ।

पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको आपतकालिन बैठक बोलाएको हो । ‘पछिल्लो घटनाक्रम र साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरि दुई वटा विषयमा छलफल गर्न शुक्रबार ४:०० बजेका लागि आपतकालीन बैठक बेलाइएको छ,’ एन्फा प्रवक्ता राईले भने ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केहि दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको थियो ।

अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन् । एन्फाले अनौपचारिक रुपमा नेम्बाङ र अमुताइरीकाबीचमा सहमतिका लागि गरिएको प्रयास पनि सफल भएको बुझिएको छ ।

अलमुताइरीले आफूसँग नेम्बाङले माफी माग्नुपर्ने माग राखेको श्रोतले बतायो । तर, नेम्बाङ भने त्यो स्वीकार्ने पक्षमा छैनन् । उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत विना कारण आफूमाथि गम्भिर आरोप लगाएका कारण त्यसमा छानविन हुनुपर्ने माग राखेका छन् । छानविनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् ।

एन्फा अध्यक्षलाई सोमबार पत्र लेख्दै नेम्बाङले सामाजिक सञ्जालमा आफ्नो बदलान गरेको हुँदा के कति कारणले अलमुताइरीलाई नाटक गरे र के कति कारणले राजीनामा दिनुपर्यो आवश्यक छानविन गरि सत्यतथ्थय तत्काल सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी जारी भएपनि अलमुताइरी भने प्रशिक्षणमा सामेल छैनन् । एन्फाले अहिले पनि अनौपचारिक छलफलाई अघि बढाएपछि ठोस निष्कर्ष निकाल्न सकेको छैन । उनलाई यस विषयमा निर्णय नआउन्जेल विश्राम दिइएको छ ।

दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फाले आइतबार नै आधिकारिक प्रस्ताव पाएको थियो । आपतकालीन बैठकमा यो विषयमा पनि छलफल हुने प्रवक्ता राईले जानकारी दिए ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका छन् । शुक्रबार मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.