सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
१३ श्रावण, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ।
बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम गरिएको छ ।
यस्तै, चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।