Advertisement

विरुवा रोप्ने किसानलाइ प्रोत्साहन रकम वितरण सुरु

0 598

Advertisement

१३ साउन, दाङ । दाङको पहाडी भेगमा जडीबुटीका विरुवा रोपेका किसानहरुलाई आज मंगलबारदेखि प्रोत्साहन वापतको रकम वितरण सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङका घोराही र बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो ।

सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडाहरुमा ७० हजार बढी विरुवाहरु रोपिएको छ । घोराही उप–महानगरपालिकाको १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर, मालागेडी र दालचिनिका विरुवाहरु रोपिएको छ । सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लि. मार्फत किसानहरुलाई गाउँमै निशूल्क विरुवा उपलव्ध गराइएको र उनिहरुलाई प्रति विरुवा ३ रुपैयाँको दरले यो वर्ष प्रोत्साहन वापत दुई लाख दश हजार रुपैयाँ किसानलाई दिइने संस्थाका अध्यक्ष ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।

प्रोत्साहन रकम वितरण कार्यक्रम अन्तर्गत आज घोराही उप–महानगरपालिका वडा नं.१९ का च्यानगैरा,राम्चे,तिर्साङ,लाकुरीडाँडा,पटिन्जा र बंगलाचुली गाउँपालीकाको वडा नं.२ का मर्पेस र खाडा गाउँमै पुगेर प्रोत्साहन वापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिनुभयो । विरुवा लगाउने किसानहरुलाई सबै वडाका गाउँमै पुगेर श्रावण १५ गतेसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिनुभयो । रकम बुझ्ने किसानहरुले गाउँसम्मै निशूल्क रुपमा विरुवा उपलव्ध भएर प्रोत्साहन वापतको रकम पाएको जीवनमै पहिलो पटक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

जडीबुटी मार्फत स्थानीय किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय दाङले निशूल्क विरुवा ,प्रोत्साहन वापतको रकम र फिल्डमा प्राविधिक सहयोग समेत गरेको थियो । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्ने सम्मको आफूहरुको योजना रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.