Advertisement

सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन

0 464

Advertisement

१३ साउन, भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेसहितको टोलीले मङ्गलबार नगरपालिकाभित्र सङ्घीय तथा बागमती प्रदेश सरकारको बजेटबाट भएको भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन गरेको हो ।

सङ्घीय सांसद प्रेम सुवाल र बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँमार्फत आएको केन्द्र र प्रदेश सरकारको बजेटबाट आव २०७७_७८ मा भएका नौवटा योजनाको टोलीले अनुगमन गरेको हो । विसं २०७२ को महाभूकम्पले भत्किएको भनपा–२ स्थित शारदा माध्यमिक विद्यालयको सङ्घको रु २५ लाख र प्रदेशको रु ४० लाखको लागतमा भइरहेको भवन निर्माणको टोलीले अनुगमन गरेको छ ।

त्यसैगरी टोलीले सङ्घीय सरकारकै रु २५ लाखको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको १०० वर्ष पुरानो लन्चा फल्चा (बाटो छेउको पाटी) को अनुगमन गरेको छ । भदौसम्ममा निर्माण सम्पन्न हुने पाटी ३० वर्ष अगाडि भत्किएर जीर्ण भएपछि यो ठाउँको नाम नै भत्केको पाटी रहन गएको उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण पुमरीले जानकारी दिनुभयो ।

टोलीले वाग्मती प्रदेशको रु १० लाखको लागतमा निर्माण सम्पन्न भनपा–१ स्थित गणेश माविको हल, नःपली पुलबाट नःपली चोकसम्मको ग्याबियन पर्खाल र सडक कालोपत्रको अनुगमन गरेको छ । साथै टोलीले प्रदेशकै रु ४० लाखको बजेटमा भनपा–२ शहीद स्मृति बाल उद्यानको निर्माण अन्तिम चरणमा पुगेको र रु ३० लाखको लागतमा वडा नं ४ स्थित राममन्दिर काउण्टरबाट मूदीप पछाडिसम्मको सडक ट्र्याक निर्माणको अनुगमन गरेको छ ।

टोलीले प्रदेशको रु ५० लाखको बजेटमा निर्माण सम्पन्न भएको भनपा–८ स्थित लिवाली आवास क्षेत्रको सडकपेटीको स्तरोन्नति र रु २० लाखको बजेटमा लिवाली बालविकास स्कूल परिसरको उत्तरतर्फको खुला क्षेत्रमा ढुङ्गा छपाइ र उद्यान निर्माणको अनुगमन गरेको छ । जिसस सदस्य उमेश श्रेष्ठ, शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, बाबुकाजी श्रेष्ठ, श्रीराम ब्याञ्जु, गीता बिसुंखे, भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाल, योजना इञ्जीनियर श्रीकृष्ण न्याइच्याइसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

जिसस प्रमुख गेलालले अनुगमनका क्रममा प्रभावकारी रूपमा काम भएको पाइएको बताउँदै अनुगमनमा गुणस्तरीय काम भए÷नभएको, कुन–कुन योजना सम्पन्न भए, कुन–कुन योजना सम्पन्न बाँकी छन्, सबै योजना कहिलेसम्म सकिन्छ त्यसको जानकारी लिएको बताउनुभयो । जिसस समन्वय अधिकारी लामिछानेले अनुगमनका क्रममा काम प्रभावकारी भए पनि कार्यस्थलमा योजनाको विवरणसहितको बोर्ड नराखिएको बताउनुभयो । उहाँले उपभोक्ता समितिका अध्यक्षहरुलाई तत्काल सबै योजनामा बजेट, मितिसहित वितरण भएको बोर्ड राख्न आग्रह गर्नुभयो ।

भनपाका प्रशासकीय अधिकृत सुवालले सबै योजना ठेक्का नलगाई उपभोक्ता समितिमार्फत गराएकाले समितिमार्फत काम गर्दा थोरै बजेटमा धेरै काम भएको बताउनुभयो । प्रदेशसभा सदस्य गोसाईँमार्फत आएको थप बजेटमध्ये रु १० लाखको लागतमा भनपा–८ स्थित भीम आदर्श आधारभूत विद्यालयको प्लाष्टर र भ¥याङ छोप्ने कार्य, रु १२ लाख ३० हजारको लागतमा समाज सुधार माविको शौचालय निर्माण तथा प्लाष्टर गर्ने कार्य, रु १० लाखको लागतमा भनपा–७ स्थित चण्डेश्वरी आधारभूत विद्यालयको पर्खाल निर्माण, रु १० लाखकै लागतमा समाजसेवा इन्स्टिच्युटमा झ्यालखापा र प्लाष्टर गर्ने कार्य भइरहेको छ ।

त्यस्तै रु २० लाखको बजेटमा भनपा–६ स्थित प्रभात माविको पर्खाल, ढल निकास र शौचालय निर्माण, रु २० लाखको बजेटमा वडा नं २ स्थित वासु माविको पर्खाल निर्माणकार्य भइरहेको भनपा प्रशासकीय अधिकृत सुवालले जानकारी दिनुभयो ।




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.