Advertisement

‘अश्लिल फिल्म बनाउँदैनन् राज कुन्द्रा’ – शिल्पा शेट्टी

0 1,667

Advertisement


१० श्रावण, एजेन्सी । शिल्पा शेट्टीले गरिन् पतिको बचाउ, भनिन् ‘अश्लिल फिल्म बनाउँदैनन् राज कुन्द्रा’ । अश्लिल फिल्म निर्माण गरेको आरोपमा लागेका राज कुन्द्राले अदालतबाट राहत पाएका छैनन् । उनी २७ जुलाइसम्म प्रहरी हिरासतमा नै रहनेछन् ।

शुक्रबार अपराध शाखाको टोली राज कुन्द्रालाई लिएर उनको घर गए । जहाँ राज र शिल्पा आमनेसामने बसेर केरकार गरिएको थियो । शिल्पा शेट्टीले अपराध शाखाको तिखो तीब्र प्रश्नहरूको सामना गर्नु परेको थियो।

अपराध शाखाको टोलीको सामुन्ने शिल्पा शेट्टीले केही कुराहरूको खुलासा गरेका छन् । जुन जानकारी अहिले चर्चामा छ ।

मुम्बई पुलिसको बयान अनुसार शिल्पा शेट्टीले पोर्नोग्राफी केसमा आफू संलग्नता रहेको कुरालाई इन्कार गरेका छन् ।

शिल्पा भन्छिन् कि, कुनै पनि हिसाबले यस केससँग सम्बन्धित छैन। शिल्पा शेट्टीले यो पनि बताइन् कि राज कुन्द्रा एरोटिक फिल्म बनाउँछन् न कि अश्‍लील सामग्री ।

यी दुबै अलग चीजहरू हुन्। शिल्पाले मुम्बई पुलिसलाई बताइन् कि उनको न त हटशट फिल्म निर्माणमा कुनै भूमिका छ र न यो कुनै पनि तरिकाले यससँग सम्बन्धित छ। शिल्पाले यो पनि बताइन् कि उनले हटशटबाट कुनै प्रकारको नाफा कमाएका छैनन्।

शिल्पाले अपराध शाखाका अधिकारीहरुलाई विश्वस्त पार्न खोजेकी छिन् कि उनका पति राज कुन्द्रा अश्‍लील फिल्महरू बनाउँदैनन्, तर एराटिक फिल्महरू बनाउँदछन्।

शिल्पा शेट्टीले अपराध शाखाको अगाडि राज कुन्द्राको बचाउ गरिन्। शिल्पाले यो पनि कबुल गरेकी छन् कि उनलाई हटसटको सटिक कन्टेन्ट पनि जानकारी थिएन । अभिनेत्रीले दावी गरिन् कि उनको यस एपसँग कुनै पनि लिनु दिनु छैन ।

राज कुन्द्राको पक्ष लिदै शिल्पाले अपराध शाखा टोलीलाई बताइन् कि अन्य ओटीटी प्लेटफर्महरूको सामग्री र वेब सिरिज बढी अश्‍लील सामग्री हो।

अब शिल्पाका बयानका आधारमा अपराध शाखा टोलीले थप भेरिफाइड गर्छन् र यस मामलामा थप अनुसन्धान गर्नेछ ।

मुम्बई अपराध शाखाले राज कुन्द्रा अश्‍लील फिल्महरू बनाउँथे र आफूहरूसँग यथेष्ट प्रमाण भएको जानकारी दिएको छ।

राज कुन्द्रा हाल प्रहरी हिरासतमा छन्। राजका वकिलले उनको गिरफ्तारीको विषयलाई लिएर अदालतमा विराध गरेका थिए । यस घटनाले कस्तो मोड लिन्छ भन्ने कुरा भने देख्न बाँकी नै छ ।

राज कुन्द्राको पक्राउपछि शिल्पा शेट्टीले इन्स्टामा एक पोस्ट सार्वजनिक गरेकी थिइन् । जसमा उनले चुनौतीहरूको सामना गर्ने बताएकी थिइन् ।

शिल्पाकी बहिनी शमिता शेट्टी यस कठिन समयमा परिवारको साथ दिने बताएकी छन् । उनले आफ्नी दिदीलाई हिम्मत दिइरहेकी छन् ।

राज कुन्द्रालाई अश्‍लील फिल्महरू बनाएको आरोप लगाए यता धेरै अभिनेत्रीहरूले उनीमाथि गम्भीर आरोप लगाइरहेका छन्। यसमा पूनम पाण्डेको नाम पनि सामेल छ। राज र शिल्पा दुबै सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.