Advertisement

ह्वाट्सएपका केहि रोचक फिचर, जुन जाे काेहिलाई थाहा नहुन सक्छ

0 618

Advertisement

०८ श्रावण, एजेन्सी । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप सुरु भएको १२ वर्ष पुगिसक्दा यसका प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ । ह्वाट्सएपका अनुसार ह्वाट्सएपमा अहिले हरेक महिना १ खर्ब मेसेज आदान प्रदान हुन्छन् । पछिल्लो समय प्राइभेसी नीतिको विवादका बाबजुत ह्वाट्सएपले प्रयोगकर्ताका लागि थुप्रै उत्कृष्ट फिचरहरु तथा सहज युजर इन्टरफेसका कारण करोडौँ प्रयोगकर्तालाई आकषिर्त गर्न सफल भैरहेको छ ।

ह्वाट्सएपले फेसबुकसँग डाटा शेयर गर्ने भयका कारण विश्वमा पछिल्लो समयमा केही प्रयोगकर्ताहरु ह्वाट्सएप छाडेर अन्य टेलिग्राम लगायतका अन्य मेसेजिङ एपतर्फ नसरेका होइनन् । तर विशाल प्रयोगकर्ताको आधार रहेको ह्वाट्सएपको नम्बर वान हैसियत अझै डगमगाएको छैन । प्रयोगकर्तालाई ढुक्क बनाउने ह्वाट्सएपको एउटा सबैभन्दा महत्वपूर्ण फिचर भनेकै एण्ड टू एण्ड इनक्रिप्सन हो । यो प्रविधिका कारण प्रयोगकर्ताका कुनैपनि मेसेज प्रेषक र प्रापक बाहेक स्वयं ह्वाट्सएपले पनि बीचमा हेर्न पाउँदैन । यो बाहेक ह्वाट्सएपका सर्वाधिक लोकपि्रय र जान्नैपर्ने एक दर्जन फिचर यस्ता छन्ः

१. कोसँग बढि गफ गर्नुहुन्छ ? पत्ता लगाउन सकिन्छ

तपाइँको ह्वाट्सएपमा सबैभन्दा बेस्ट फ्रेण्ड को रहेछ ? कोसँग बढि मेसेज आदानप्रदान हुँदोरहेछ, जान्ने मान छ ? यदि छ भने त्यसका लागि पनि निकै सजिलो काइदा छ । आफ्नो आइफोन वा एन्ड्रोइड फोनको Settings अप्सनमा जानुहोस्, त्यहाँभित्र रहेको Storage बलम म्बतभ अप्सनमा ट्याप गरी Manage Storage अप्सन थिच्नुहोस् । त्यहाँ तपाइँको फोनको सबैभन्दा धेरै भण्डारण खपत गर्ने सम्पर्क नम्बरहरुको सूचि देखा पर्दछ । त्यसपछि त्यहाँ रहेका एक एक कन्ट्याक्टभित्र गएर आदानप्रदान भएका मेसेजहरुको संख्या, तस्वीर तथा जिआइएफहरुको विस्तृत विवरण हेर्न सकिन्छ । ह्वाट्सएपको उक्त नयाँ स्टोरेज खण्डले फोनमा बढि ठाउँ ओगट्ने ठूला ठूला फाइलहरु पत्ता लगाएर हटाउनका लागि पनि सहज बनाइदिएको छ । साथै यसले तपाइँले ह्वाट्सएपमा को सँग बढि गफ गर्नुहुन्छ ? भन्ने पनि पत्ता लगाइदिन्छ ।

२. टाइप नगरिकनै मेसेज पठाउन सकिन्छः

वास्तवमा ह्वाट्सएप प्रयोगकर्ताले टाइप नगरीकनै अर्थात् बोलेको भरमै टेक्स्ट मेसेज पठाउन सक्दछन् । सिरी र गुगल एसिस्टेन्टका कारण यो सम्भव भएको हो । एन्ड्रोइड प्रयोगकर्ताले गुगल एसिस्टेन्ट र आइफोन प्रयोगकर्ताले सिरीको सहयोगले टाइप नगरीकनै बोलेको आधारमा टेक्स्ट मेसेज तयार पारी पठाउन सक्दछन् । यी डिजिटल एसिस्टेन्टको सहायताले आफुलाई ह्वाट्सएपमा प्राप्त भएको मेसेज पढ्न पनि सकिन्छ ।

३. प्रेषकलाई थाहै नदिइकन मेसेज पढ्न सकिन्छः

तपाइँलाई ह्वाट्सएपमा कसैले मेसेज पठाएको छ र त्यसलाई पढ्न वा सुन्न थाल्नुभयो भने त्यसको संकेत प्रेषकले पाउँदछ । अर्थात् प्रापकले मेसेज हेरिसक्दा त्यसमा मेसेज हेरेको दुईवटा निलो टिक चिन्ह देखाउँदछ । तर तपाइँले प्रेषकलाई त्यस्तो जानकारी नदिइकनै ह्वाट्सएपमा आफुलाई प्राप्त भएको मेसेज पढ्न तथा सुन्न सक्नुहुन्छ । कसरी यसो गर्ने, थाहा छ ? यसका लागि तपाइँले स्मार्टफोनको फ्लाइट मोड इनेबल गर्नुपर्दछ । स्मार्टफोनमा फ्लाइट मोड सक्रिय भैसकेपछि ह्वाट्सएप खोल्नुहोस् र त्यसमा आएको मेसेजमा ट्याप गरी पढ्नुहोस् । मेसेज पढिसकेपछि स्मार्टफोनमा फ्लाइट मोड बन्द गर्नु अगाडि तपाइँले सबै विन्डोजमा ह्वाट्सएप बन्द गरिएको निश्चित गर्नुहोस् ।

अन्यथा एप ब्याकग्राउण्डमा चलिरहन्छ र तपाइँ अनलाइनमा आउने बित्तिकै यसअघि तपाइँको पढेको कुरा जनाउ दिन्छ । यति सावधानी अपनाउनु भयो भने तपाइँले आफुलाई ह्वाट्सएपमा प्राप्त भएको मेसेज प्रेषक व्यक्तिलाई थाहै नदिइकन हेर्न सक्नुहुन्छ । कहिलेकाहीँ ह्वाट्सएपमा दिक्क पार्ने वा अनावश्यक मेसेजहरु पठाएर दुख दिनेहरुलाई ठीक पार्नका लागि यो तरिका निकै सहयोगी बन्न सक्दछ ।

वास्तवमा Blue Ticks / Last Seen feature यी दुई फिचर ह्वाट्सएपमा निकै लोकप्रिय फिचरहरु हुन् । आफुले ह्वाट्सएपमा पठाएको मेसेज प्रेषित भयो भएन र सम्बन्धित प्रापकले हेर्यो कि हेरेन भन्ने कुरा जोकोही जान्न चाहन्छ । साथै कुनैपनि बेला ह्वाट्सएप चलाउन थाल्दा यसअघि अन्तिम पटक कुनबेला ह्वाट्सएपमा अनलाइन आएको रहेछु भन्ने पनि जान्ने चाहना हुनसक्दछ । त्यसैले ह्वाट्सएपले यी फिचर राखेको हुन्छ । तर प्रयोगकर्तालाई उल्लेखित फिचर मन नपरेमा निस्क्रिय बनाउन पनि सकिन्छ । त्यसका लागि Settings > Account > Privacy > disable Read receipts or Last seen विधि पूरा गर्नुपर्दछ ।

४. मेसेज आफै डिलिट हुन्छः

ह्वाट्सएपले पछिल्लो समयमा प्रयोगकर्ताले ह्वाट्सएपमा पठाएको मेसेज निश्चित समयपछि आफै हराउने वा डिलिट हुने फिचर ल्याएको छ । यसका लागि प्रयोगकर्ताले उक्त Disappearing messages

फिचर इनेबल गर्नुपर्दछ । यसो गरिसकेपछि प्रयोगकर्ताले गरेका च्याटहरु ७ दिनपछि आफै डिलिट हुन्छन् । यसका लागि प्रयोगकर्ताले कुन व्यक्तिसँगका च्याटहरुमा यो फिचर लागू गर्ने हो भन्ने छनोट गर्न पाउँदछन् र सो फिचर सोही निश्चित प्रयोगकर्ताको हकमा मात्रै लागू हुन्छ । Disappearing Messages फिचर सक्रिय बनाउनका लागि ह्वाट्सएप खोलेर स्क्रिनको माथिल्लो भागमा रहेको कन्ट्याक वा च्याट नेममा ट्याप गर्ने र त्यहाँ रहेका अप्सनमध्ये Disappearing Messages अप्सन छनोट इल अप्सनमा ट्याप गर्ने । तर प्रयोगकर्ताले के कुरामा हेक्का राख्नै पर्दछ भने यो फिचरले ह्वाट्सएपभित्र मेसेज डिलिट गरेपनि ह्वाट्सएपमा पठाएका र प्राप्त भएका तस्वीरहरु चाहीँ स्वतः फोनको मेमोरीमा आएर बसिसकेका हुन्छन् । त्यसैले ह्वाट्सएपमा फोटो मेसेज डिलिट भएतापनि फोनमा ती फोटोहरु सेभ भैसकेका हुन्छन् ।

५. फोटो तथा भिडियोलाई स्वतः सेभ हुनबाट रोक्न सकिन्छः

यदि तपाइँ आफ्ना ह्वाट्सएपमा आउने फोटो तथा भिडियोहरु फोनको मेमोरीमा गएर सिधै स्वतः सेभ नहोउन् र छानीछानी आफैले सेभ गर्न सकियोस् भन्ने चाहनुहुन्छ भनेपनि त्यसको लागि विकल्प छ । वास्तवमा ह्वाट्सएपमा आउने र पठाइने सबै भिडियो र फोटोहरु फोनमा स्वतः सेभ हुँदा फोनको मेमोरी सकिने मात्र होइन आफ्ना अरु महत्वपूर्ण तस्वीर तथा भिडियोहरु नै कताकता हराउँदछन् । त्यसैले अटोसेभ डिसेबल गर्नका लागि निम्न उपाय अपनाउनुपर्दछ।

आइफोनमा Settings ट्याब खोल्ने र त्यसपछि रहेको Chats अप्सनमा गई Save to Camera Roll अप्सन turn off गर्ने ।

एन्ड्रोइड फोनमा Settings ट्याब खोल्ने र त्यसभित्र रहेको Chats अप्सनमा गई Media Visibility अप्सन turn off गर्ने ।

६. मेसेजमा तारा लगाउने, ताकि पछि सजिलैसँग भेट्न सकिन्छ

ह्वाट्सएपमा प्राप्त मेसेजमा तारो अर्थात् Star लगाउनाले भविष्यमा कुनै महत्वपूर्ण मेसेज, फोन नम्बर, एड्रेस तथा आलेखको लिंक लगायत आफुलाई प्राप्त मेसेज खोज्नका लागि सजिलो हुन्छ । यसका लागि ह्वाट्सएपमा प्राप्त भएको च्याट खोलेर उक्त मेसेजमा लामो समय थिच्ने र त्यसपछि देखा पर्ने Star आइकनमा ट्याप गर्ने ।

त्यसपछि उक्त मेसेजको पछाडि एउटा सानो ताराजस्तो चिन्ह लाग्दछ । तपाइँले पछि ह्वाट्सएपमा प्राप्त मेसेज स्क्रोल गरिरहँदा तारो लगाएको सो मेसेज सजिलैसँग भेट्टाउन सक्नुहुन्छ । यसरी तारो लगाएको मेसेज सजिलैसँग खोज्नका लागि आइफोन प्रयोगकर्ताले ह्वाट्सएपको Setting ट्याबमा गएर Starred essage अप्सनमा थिच्नु पर्दछ भने एन्ड्रोइड प्रयोगकर्ताले ह्वाट्सएपको Menu बटनमा गएर Starred Message अप्सनमा जानु पर्दछ ।

७. आफ्नो कम्प्युटरमै ह्वाट्सएप चलाउन सकिन्छः

यद्यपि ह्वाट्सएपले भर्खरै मल्टी डिभाइस फिचर सुरु गरेको छ । जसको माध्यमबाट एउटा स्मार्टफोनमा मात्रै होइन एकसाथ स्वतन्त्र रुपमा चारवटा डिभाइसमा आफ्नो ह्वाट्सएप चलाउन सकिन्छ । तथापि यो फिचर हाल सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन र केबल बेटा भर्सनमा मात्र परीक्षणका लागि सुरु गरिएको छ । त्यसैले यो मल्टी डिभाइस फिचर आम प्रयोगमा नआउन्जेल सम्मका लागि तपाइँले डेस्कटपमा पनि ह्वाट्सएप चलाउन सकिने विद्यमान फिचरको भरपूर प्रयोग गर्न सक्नुहुनेछ ।

स्मार्टफोनको सानो स्क्रिनमा च्याट गर्न असजिलो हुन्छ र मन फुकाएर मनका कुरा पोख्नका लागि सहज भएन भने तपाइँले किबोर्ड र माउसको प्रयोग गरी आफ्नो पर्सनल कम्प्युटरमै मज्जाले च्याट गर्न सक्नुहुन्छ ह्वाट्सएपमा । यसका लागि ह्वाट्सएपको Web Version को रुपमा रहेको पर्सनल कम्प्युटर तथा म्याक एप उपयोगी हुनेछ । यसका लागि कम्प्युटरमा ह्वाट्सएपको विन्डोज वा म्याक अपरेटिंग सिस्टम भर्सन डाउनलोड गर्नुपर्दछ । तपाइँ कम्प्युरमा एप इन्स्टल गर्न सक्नुहुन्न भने ब्राउजरमा गएर ह्वाट्सएप वेब https://web.whatsapp.com/ http://web.whatsapp.com/ लगइन गर्न पनि सक्नुहुन्छ । कम्प्युटरमा ह्वाट्सएप चलाउनका लागि तपाइँको फोन मोबाइल डाटा वा वाइफाइमा कनेक्ट भएको हुनुपर्दछ । कम्प्युटरमा ह्वाट्सएप चलाउनका लागि निम्न चरण पूरा गर्नुहोस्ः

आफ्नो फोनमा Whatsapp खोल्ने ।
Menu वा Settings अप्सनमा जाने र Whats App Web छनोट गर्ने त्यसपछि कम्प्युटर स्क्रिनमा ह्वाट्सएप वेब वा डेस्कटप एप भित्र स्क्रिमा देखिने क्यू आर कोड स्क्यान गर्ने ।
स्क्यान पूरा भैसकेपछि अब तपाइँको फोनको ह्वाट्सएपमा रहेका सबै मेसेजहरु कम्प्युटरको वेब तथा एपमै देख्न सक्नुहुनेछ र मज्जाले कम्प्युटरबाटै ह्वाट्सएप चलाउन सक्नुहुन्छ ।
८. च्याटको सबै विवरण निकाल्न सकिन्छः

ह्वाट्सएपमा कसैसँग भएको गफगाफ विस्तृत रुपमा निकालेर अर्थात् च्याट एक्सपोर्ट गरी सुरक्षित राख्न चाहनुहुन्छ भने त्यो पनि सम्भव छ । यसका लागि एन्ड्रोइड प्रयोगकर्ताले Menu बटनमा ट्याप गरी More अप्सनमा गएर Export Chat मा जानुपर्दछ ।

त्यस्तै आइफोनमा च्याट थ्रेडभित्र गएर स्क्रिनको माथिल्लो भागमा रहेको कन्ट्याक्ट नाममा ट्याप गर्ने अनि ऋयलतबअत क्ष्लाय पेजको पिँधमा स्क्रोल गरी Export Chat अप्सनमा ट्याप गर्ने ।

यसरी च्याटको विवरण बाहिर निकाल्दा फोटो तथा भिडियोहरु सहित निकाल्ने कि टेक्स्ट मेसेज मात्र निकाल्ने भन्ने विकल्प आउँदछ । त्यसैले तपाइँले आफ्नो इच्छा अनुसार ह्वाट्सएपका गफगाफको विवरण निकाल्न र सुरक्षित राख्न सक्नुहुन्छ ।

९. पठाइसकेको मेसेज रद्द गर्न सकिन्छः

के तपाइँले ह्वाट्सएपमा गलत मेसेज गलत व्यक्तिलाई पठाउनुभयो ? तपाइँ चिन्तित हुनुपर्ने कुनै कारण छैन । किनकी यस्तो त्रुटीपूर्ण मेसेजलाई रद्द गर्ने विकल्प छ । यसका लागि उक्त मेसेजमा ट्याप गरी टप बारमा रहेको डिलिट अप्सन थिच्नुहोस् । त्यहाँ तपाइँले Delete for me / Delete for everyone गरी दुईवटा विकल्प देख्नुहुनेछ । त्यसमध्ये तपाइँले दोश्रो अप्सनमा थिच्नुहोस् । यसो गर्नुभयो भने तपाइँले भुलबस पठाएको उक्त मेसेज प्रापकको च्याटबक्सबाट पनि डिलिट हुनेछ । तर जान्नैपर्ने कुरा के छ भने मेसेज पठाएको ७ मिनेटभित्र मात्र यसरी रद्द गर्न सकिन्छ । ढिलो भयो भने तपाइँले Delet for everyone गर्न सक्नुहुन्न ।

१०. फिंगरप्रिन्ट लक प्रयोग गरी ह्वाट्सएपलाई सुरक्षित बनाउन सकिन्छः

तपाइँ आफ्नो ह्वाट्सएप फिंगरप्रिन्ट अनलक फिचर सेट गर्न सक्नुहुन्छ । यसो गर्दा सम्बन्धित व्यक्तिको ल्याप्चे स्क्यान नगरीकन ह्वाट्सएप खुल्दैन । यसका लागि ह्वाट्सएपको Settings भित्र रहेको Accounts मा जाने र त्यहाँ रहेको Privacy स्क्रोल डाउन गरी Fingerprint lock अप्सनमा गएर ट्याप गर्ने अनि दिइएको निर्देशन अनुसार आफ्नो फिंगरप्रिन्ट स्क्यान गराएर सेटअप गर्ने ।

११. तपाइँको स्टोरी हेर्नबाट निश्चित व्यक्तिलाई रोक्न सक्नुहुन्छः

वास्तवमा ह्वाट्सएपको स्टोरीज फिचर पनि आफ्नो मूड अभिव्यक्त गर्ने एक प्रकारको निजी प्लाटर्फम जस्तै हो । त्यसैले तपाइँले आफ्नो स्टोरीज ह्वाट्सएपको सम्पर्क सूचिमा रहेका सबैजनालाई नदेखाउन चाहेको हुनसक्छ । त्यसका लागि तपाइँले ह्वाट्सएपका निश्चित प्रयोगकर्तालाई तपाइँको स्टाटस अपडेट र स्टोरीज हेर्नबाट बञ्चित गराउन सक्नुहुन्छ । त्यसका लागिः

Go to WhatsApp settings>> Account>> Privacy
Select Status>> ‘My contacts except’
उक्त विकल्पमा तपाइँले आफुले स्टोरीज देखाउन नचाहने व्यक्रिको सम्पर्क नम्बर छनोट गरी टिक मार्क लगाउनु पर्दछ ।

यसका अलावा तपाइँले आफ्नो स्टोरीज कुनै निश्चित व्यक्तिहरुलाई मात्र देखाउन चाहनुहुन्छ र अरु कसैले पनि नदेखुन् भन्ने चाहनुहुन्छ भने इलथि क्जबचभ धष्तज अप्सनमा गएर आफुले देखाउन चाहेका व्यक्तिहरुको नम्बर वा च्याट नाम छनोट गर्न सक्नुहुन्छ ।

१२. ह्वाट्सएपमा डिलिट भैसकेको मेसेज पनि पढ्न सकिन्छः

तपाइँलाई प्राप्त भएका तर प्रेषकले डिलिट मेसेजहरु हेर्न चाहनुहुन्छ ? यसका लागि तपाइँले Notification History Log नामक एप डाउनलोड गर्नुपर्ने हुन्छ । अनि यस एपलाई नोटिफिकेसन पढ्ने Access दिनुपर्दछ । उक्त एपले तपाइाको फोनमा आउने सबै नोटिफिकेसनको विवरण सुरक्षित राख्नेछ र ती नोटिफिकेसनमा प्राप्त सन्देशको विवरण पनि तपाइँले सहजै पढ्न सक्नुहुनेछ । एजेन्सीहरुबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.